काठमाडौंं । कांग्रेस सांसद खड्ग शाहीले प्रधानमन्त्रीको मुस्ताङ भ्रमणका बेलामा अमेरिकी प्रतिनिधिसँग भेट भए/नभएकोबारे प्रश्न गरेका छन्।
उनले प्रतिनिधिसभा बैठकमा अमेरिकी अधिकारी मुस्ताङ पुगेको कुरा बाहिरिएको बताए।“प्रधानमन्त्रीको मुस्ताङ भ्रमणलाई निजी भ्रमण भनिएको छ । तर, सोही समयमा अमेरिकी पक्षका प्रतिनिधि मुस्ताङ पुगेको चर्चा सार्वजनिक भएको छ,” उनले भने ।
अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर नेपालमा रहेको पुष्टि भएको उनले दाबी गरे । प्रधानमन्त्री मुस्ताङ जानुको उद्देश्यबारे सरकारले जानकारी नगराएको उनले बताए । “अमेरिकी प्रतिनिधि को–को मुस्ताङ पुगेका थिए ? उनीहरूको पद र जिम्मेवारी के हो ? उनीहरू मुस्ताङ किन गएका हुन् ? प्रधानमन्त्रीज्यू र अमेरिकी प्रतिनिधिबीच मुस्ताङमा छलफल भएको हो वा होइन ?,” सांसद शाहीले सोधे ।
जनतालाई प्रधानमन्त्रीले तथ्य जानकारी गराउनुपर्ने उनले बताए ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्