ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पीडित र अभियुक्तको भिडियो सार्वजनिक नगर्न रास्वपा सांसद विपीन आचार्यको माग


ABC NEWS
८ भदौ २०८३, सोमबार   ३ : ३५   बजे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री तथा सांसद विपीन आचार्यले बाराकी तीन वर्षीया बालिका हत्या प्रकरणमा पीडित परिवार र अभियुक्तसँग सम्बन्धित भिडियो सार्वजनिक गरिएकोप्रति आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै आचार्यले घटनापछि गृह मन्त्रालयमा मृतक बालिकाका परिवारसँग गरिएको कुराकानीको भिडियो सार्वजनिक गर्नु उपयुक्त नभएको बताए। अभियुक्तसँग बयान लिँदै वा स्वास्थ्य परीक्षणका क्रममा रेकर्ड गरिएका भिडियोसमेत सामाजिक सञ्जालमा सार्वजनिक हुनु गलत अभ्यास भएको उनको भनाइ थियो।

‘मृतकको बुवाआमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ,’ आचार्यले भने, ‘कतै मेडिकल गर्दै गर्दा अभियुक्तले बोलेका कुराहरूलाई सार्वजनिक तरिकाले पब्लिकमा राखिन्छ। यस्तो बन्द गरिनुपर्छ।’

उनले गृह मन्त्रालय र नेपाल प्रहरीबाट भइरहेका यस्ता गतिविधिमाथि प्रश्न उठाउँदै संवेदनशील आपराधिक घटनालाई प्रचारको माध्यम बनाउन नहुने बताए।

पीडित परिवारको पीडा र अभियुक्तको अनुसन्धान प्रक्रियासँग जोडिएका सामग्री सार्वजनिक गर्दा समाजमा नकारात्मक प्रभाव पर्न सक्ने उल्लेख गर्दै आचार्यले प्रश्न गरे, ‘हामीले कस्तो समाज बनाइरहेका छौँ?’

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भन्सारछलीको मोबाइलसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

बादल र इन्दिराले बोलेका असंसदीय शब्द अभिलेखबाट हटाउन निर्देशन

सम्बन्धित

१८औँ नाडा अटो शोको तयारी अन्तिम चरणमा, ५५ ब्रान्डको सहभागिता

पुँजी बजारमा ६ खर्ब डुब्दा पनि अर्थमन्त्री बेवास्ता गरेको सांसद संग्रौलाको आरोप

कांग्रेस प्रमुख सचेतक थापा र अस्ट्रेलियाका राजदूतबीच भेटवार्ता

यूएईसँग श्रमिकका लागि प्रहरी चारित्रिक प्रमाणपत्रको प्रक्रिया सहज बनाउन मन्त्री यादवको आग्रह

जेनजी आन्दोलनमा पक्राउ परेकालाई थुनामुक्त गर्न सांसद यादवको माग

सामसङ नेपालको मनसुन अफर : होम अप्लायन्समा २३ प्रतिशतसम्म क्यासब्याक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu