ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बलात्कारपछि हत्या सम्बन्धी कानुन संशोधन गर्न सांसद ज्ञानबहादुर शाहीको माग


ABC NEWS
८ भदौ २०८३, सोमबार   ३ : ३५   बजे

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले बलात्कारपछि हत्या भएका घटनासम्बन्धी प्रचलित कानुन संशोधन गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै शाहीले सरकारले आवश्यक कानुनी संशोधनको मस्यौदा तयार गरी संसद्मा प्रस्तुत गर्नुपर्ने माग गरेका हुन्। उनले यस विषयमा सत्ता र प्रतिपक्षबीचको राजनीतिक विभाजनभन्दा माथि उठेर कानुन संशोधन गर्नुपर्नेमा जोड दिए।

‘बलात्कारपछि हत्याको सम्बन्धमा नेपालमा जुन प्रचलित कानुन छ, यसलाई संशोधन गर्नुपर्ने देखियो,’ उनले भने, ‘हामी सरकारलाई अपिल गर्न चाहन्छौँ, कानुनको ड्राफ्ट बनाएर ल्याउनुहोस्। हामी सत्तापक्ष र प्रतिपक्ष नभनिकन यसलाई संशोधन गरौँ र संसद्बाट पास गरौँ।’

उनले यस विषयमा बहस मात्र गरेर नबस्न र सरकारले ठोस कानुनी प्रस्ताव संसद्मा ल्याउनुपर्ने बताए।

विदेशी स्याउ आयात रोक्न आग्रह

सांसद शाहीले जुम्लालगायतका जिल्लामा उत्पादन हुने स्वदेशी स्याउले बजार नपाइरहेको विषय पनि संसद्मा उठाएका छन्।

विदेशबाट ठूलो परिमाणमा स्याउ आयात हुँदा नेपाली किसानले उत्पादन गरेको स्याउ बिक्री गर्न समस्या भएको उनको भनाइ थियो। उनले विशेषगरी भदौ र असोज महिनामा विदेशी स्याउ आयातमा रोक लगाउन कृषिमन्त्रीको ध्यानाकर्षण गराए।

शाहीले जुम्लामा स्याउ उत्पादन विस्तार र बजारीकरणका लागि सरकारले थप लगानी गर्नुपर्नेमा समेत जोड दिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भन्सारछलीको मोबाइलसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

बादल र इन्दिराले बोलेका असंसदीय शब्द अभिलेखबाट हटाउन निर्देशन

सम्बन्धित

१८औँ नाडा अटो शोको तयारी अन्तिम चरणमा, ५५ ब्रान्डको सहभागिता

पुँजी बजारमा ६ खर्ब डुब्दा पनि अर्थमन्त्री बेवास्ता गरेको सांसद संग्रौलाको आरोप

कांग्रेस प्रमुख सचेतक थापा र अस्ट्रेलियाका राजदूतबीच भेटवार्ता

यूएईसँग श्रमिकका लागि प्रहरी चारित्रिक प्रमाणपत्रको प्रक्रिया सहज बनाउन मन्त्री यादवको आग्रह

जेनजी आन्दोलनमा पक्राउ परेकालाई थुनामुक्त गर्न सांसद यादवको माग

सामसङ नेपालको मनसुन अफर : होम अप्लायन्समा २३ प्रतिशतसम्म क्यासब्याक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu