ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुँजीबजारमा ६ खर्ब डुब्यो, अर्थमन्त्री चिठ्ठा खेलाउन व्यस्त हुनुहुन्छ : सांसद संग्रौला


ABC NEWS
८ भदौ २०८३, सोमबार   ३ : ४५   बजे

काठमाडौं । श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी संग्रौलाले सरकारको चालु आर्थिक वर्षको बजेटको असफलता पहिलो महिनामै देखिन थालेको टिप्पणी गरेकी छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद संग्रौलाले बैंकिङ प्रणालीमा पर्याप्त तरलता भए पनि व्यवसायीहरू ऋण लिएर लगानी गर्न इच्छुक नदेखिनु सरकारको आर्थिक नीतिप्रति अविश्वासको संकेत भएको बताइन् ।

उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ३६ देश चिनेको दाबी गरिए पनि आफ्नै देशको अर्थतन्त्र बुझ्न नसकेको आरोप लगाइन् । सरकार गठन भएयता पुँजीबजारमा ६ खर्ब रुपैयाँ डुबेको उनको दाबी छ ।

‘अर्थमन्त्रीज्यूले ३६ देशलाई चिनेको भनेर सत्तापक्षका माननीयज्यूहरू भन्नुहुन्छ । तर, उहाँले ३६ देशलाई चिनेर आफ्नै देशलाई चिन्न सक्नुभएन,’ उनले भनिन् ।

सांसद संग्रौलाले अर्थमन्त्रीले ल्याएको बजेटको कमजोरी चालु आर्थिक वर्षको पहिलो महिना सकिँदासम्ममै देखिएको दाबी गरिन् ।

बैंकिङ प्रणालीमा ठूलो मात्रामा तरलता रहे पनि व्यवसायीले ऋण लिएर लगानी गर्न नचाहनुको कारण सरकारको आर्थिक नीतिमाथि अविश्वास त होइन भन्ने प्रश्नसमेत उनले गरिन् ।

‘बैंकिङ प्रणालीमा यति धेरै तरलता हुँदा पनि किन कोही लगानी गर्न ऋण लिन चाहिरहेको छैन ? के व्यवसायीहरूलाई दुईतिहाइ बहुमतको सरकारको अर्थनीतिमा अविश्वास भएकै हो त ?’ उनले प्रश्न गरिन् ।

सरकार गठन भएपछि पुँजीबजारमा ६ खर्ब रुपैयाँ डुबेको दाबी गर्दै उनले अर्थतन्त्रमा समस्या देखिँदा पनि अर्थमन्त्री समाधान खोज्नभन्दा चिठ्ठा खेलाउनेतर्फ केन्द्रित भएको आरोप लगाइन् ।

‘यत्रो समस्या हुँदा पनि अर्थमन्त्रीज्यू चाहिँ चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छ । अर्थतन्त्रको समस्या समाधान नगरी देश विकास हुन्छ र ?’ उनले प्रश्न गरिन् ।

सांसद संग्रौलाले अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताइन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भन्सारछलीको मोबाइलसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

बादल र इन्दिराले बोलेका असंसदीय शब्द अभिलेखबाट हटाउन निर्देशन

सम्बन्धित

‘बलात्कारीलाई पाकेटमारसँगै राखेर सजाय दिन मिल्दैन’ : श्रद्धा कुँवर

१८औँ नाडा अटो शोको तयारी अन्तिम चरणमा, ५५ ब्रान्डको सहभागिता

पुँजी बजारमा ६ खर्ब डुब्दा पनि अर्थमन्त्री बेवास्ता गरेको सांसद संग्रौलाको आरोप

कांग्रेस प्रमुख सचेतक थापा र अस्ट्रेलियाका राजदूतबीच भेटवार्ता

यूएईसँग श्रमिकका लागि प्रहरी चारित्रिक प्रमाणपत्रको प्रक्रिया सहज बनाउन मन्त्री यादवको आग्रह

जेनजी आन्दोलनमा पक्राउ परेकालाई थुनामुक्त गर्न सांसद यादवको माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu