ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालिका हत्या घटनामा आरोपितको भिडिओबारे प्रहरीले थाल्यो अनुसन्धान


ABC NEWS
८ भदौ २०८३, सोमबार   ३ : ४५   बजे

बारा । सिमरामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाका आरोपित नाबालकको सोधपुछ गरिएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको छ ।

घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका नाबालकलाई अस्पतालमा लैजाँदा प्रहरीबाहेकका व्यक्तिले सोधपुछ गर्दै भिडिओ खिचेको र उक्त भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको प्रहरीको प्रारम्भिक जानकारी छ ।

अनुसन्धानकै क्रममा रहेका नाबालकले घटनामा आफ्नो संलग्नता स्वीकार गर्दै घटना कसरी घटाएको भन्नेबारे बयान दिएको भिडिओमा देखिन्छ । तर, अनुसन्धानका क्रममा रहेका बालबालिकाको सोधपुछको भिडिओ सार्वजनिक भएको विषयलाई प्रहरीले गम्भीर रूपमा लिएको जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले भिडिओ कसले खिच्यो र कसरी सार्वजनिक भयो भन्ने पत्ता लगाई संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन मधेश प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिएको छ ।

केन्द्रीय प्रहरी कार्यालयको निर्देशनपछि घटनाबारे अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभु ढकाल सोमबार बारा पुगेका छन् । भिडिओ सार्वजनिक भएको विषयमा प्राविधिक तथा स्थलगत रूपमा अनुसन्धान भइरहेको उनले बताए ।

‘यो विषयलाई हामीले गम्भीर रूपमा लिएका छौँ । यही विषयको अनुसन्धानका लागि म पनि बारा पुगेको छु । यसमा को–को संलग्न छन्, प्रहरीबाट के–कस्ता कमजोरी भए भन्ने सबै विषयमा अनुसन्धान गरेर दोषीलाई कानुनबमोजिम कारबाही हुन्छ,’ एसएसपी ढकालले भने ।

सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गत साउन ३१ गतेदेखि हराएकी थिइन् । तीन दिनपछि सोही क्षेत्रको एक घरमा उनको शव फेला परेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बालिकाको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले नाबालकसहित केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

यसैबीच, अनुसन्धानका क्रममा रहेका नाबालकको सोधपुछको भिडिओ सार्वजनिक हुनु घटनाको अनुसन्धान तथा बालबालिकाको अधिकारसँग सम्बन्धित गम्भीर विषय भएकाले प्रहरीले भिडिओ सार्वजनिक गर्ने व्यक्तिको पहिचान र प्रहरीको सम्भावित कमजोरीसमेत अनुसन्धानको दायरामा राखेको जनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भन्सारछलीको मोबाइलसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

बादल र इन्दिराले बोलेका असंसदीय शब्द अभिलेखबाट हटाउन निर्देशन

सम्बन्धित

‘बलात्कारीलाई पाकेटमारसँगै राखेर सजाय दिन मिल्दैन’ : श्रद्धा कुँवर

१८औँ नाडा अटो शोको तयारी अन्तिम चरणमा, ५५ ब्रान्डको सहभागिता

पुँजी बजारमा ६ खर्ब डुब्दा पनि अर्थमन्त्री बेवास्ता गरेको सांसद संग्रौलाको आरोप

कांग्रेस प्रमुख सचेतक थापा र अस्ट्रेलियाका राजदूतबीच भेटवार्ता

यूएईसँग श्रमिकका लागि प्रहरी चारित्रिक प्रमाणपत्रको प्रक्रिया सहज बनाउन मन्त्री यादवको आग्रह

जेनजी आन्दोलनमा पक्राउ परेकालाई थुनामुक्त गर्न सांसद यादवको माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu