ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बलात्कारी र भ्रष्टाचारीलाई ‘घटनास्थलमै गोली हान्ने’ कानुन बनाउन सांसद खगेन्द्र सुनारको माग


ABC NEWS
८ भदौ २०८३, सोमबार   ४ : २५   बजे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले बलात्कार र भ्रष्टाचारजस्ता गम्भीर अपराधमा संलग्न तथा दोषी ठहर भएकामाथि कडा कारबाहीको व्यवस्था गर्न माग गरेका छन्। उनले बलात्कारी र भ्रष्टाचारीलाई घटनास्थलमै गोली हान्ने कानुन लागू गर्न सरकारसँग आग्रह गरेका हुन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुनारले बझाङकी सम्झना कामी, कञ्चनपुरकी निर्मला पन्त, कैलालीकी माया कामी, रुपन्देहीकी अंगिरा पासी, खोटाङकी रेस्मिका परियार, म्याग्दीकी मिना परियार तथा हालै बारामा बलात्कारपछि हत्या गरिएकी गरिमा चौधरीलगायतका घटनाको स्मरण गरे।

देशमा बलात्कार, हत्या र महिला हिंसाका घटनाको सूची लामो बन्दै गएको उल्लेख गर्दै उनले पीडितको नाम लिएर संसद्मा लामो बहस गर्नु मात्र पर्याप्त नहुने बताए। महिलाको सम्मान, सुरक्षा र बाँच्न पाउने अधिकार राज्यले प्रभावकारी रूपमा सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए।

‘चेलीहरू नाच्न र बाँच्न पाउनुपर्छ’

सांसद सुनारले बलात्कार र हत्याका घटनामाथि घण्टौँ बहस गर्दैमा पीडितलाई न्याय नहुने भन्दै अपराध रोक्न राज्यले कठोर कानुनी व्यवस्था गर्नुपर्ने धारणा राखे।

“चेलीहरू नाच्न र बाँच्न पाउनुपर्छ,” भन्दै उनले बलात्कार र भ्रष्टाचारमा संलग्न व्यक्तिलाई प्रमाणित भएपछि तत्काल कडा सजाय हुने व्यवस्था गर्नुपर्ने बताए।

उनले बलात्कारी र भ्रष्टाचारीलाई घटनास्थलमै गोली हान्ने कानुन बनाउन सरकारसँग माग गर्दै यस्ता गम्भीर अपराधमा कुनै पनि प्रकारको सम्झौता गर्न नहुनेमा जोड दिए।

सुनारले महिला हिंसा, बलात्कार र जघन्य अपराधका घटनामा राजनीतिक बहस वा औपचारिक सहमतिभन्दा प्रभावकारी अनुसन्धान, दोषीमाथि कानुनअनुसार कडा कारबाही र पीडितलाई न्याय सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व हुनुपर्ने बताए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भन्सारछलीको मोबाइलसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

बादल र इन्दिराले बोलेका असंसदीय शब्द अभिलेखबाट हटाउन निर्देशन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Israel Accused of Fabricating Security Crisis Over Gaza Kites to Justify Attacks

US Cancels Joint Marine Exercise with South Korea Citing Iran Conflict

Former White House Official Criticizes Repeated Predictions of Ukrainian Victory

‘बलात्कारीलाई पाकेटमारसँगै राखेर सजाय दिन मिल्दैन’ : श्रद्धा कुँवर

भन्सारछलीको मोबाइलसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

UAE Ambassador Discusses Labor Cooperation with Nepal’s Employment Minister

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu