काठमाडौं । सुजुकी गाडीहरूको आधिकारिक वितरक सुजुकी नेपालले नेपाली बजारमा नयाँ पुस्ताको एसयूभी ‘न्यू ब्रेजा’ सार्वजनिक गरेको छ। कम्पनीले पहिलोपटक टर्बो बुस्टरजेट इन्जिन र नयाँ ६–स्पिड म्यानुअल ट्रान्समिसनसहित ब्रेजाको नयाँ संस्करण बजारमा ल्याएको जनाएको छ।
कम्पनीका अनुसार नयाँ ब्रेजामा आकर्षक डिजाइन, शक्तिशाली इन्जिन, आधुनिक प्रविधि तथा थप सुरक्षा सुविधाहरू समावेश गरिएको छ। सहरको भीडभाडदेखि लामो दूरीको राजमार्ग यात्रासम्म सहज र भरपर्दो ड्राइभिङ अनुभव दिने लक्ष्यका साथ गाडी तयार पारिएको कम्पनीको दाबी छ।
न्यू ब्रेजालाई भदौ ९ देखि १४ गतेसम्म अर्थात् अगस्ट २५ देखि ३०, २०२६ सम्म सञ्चालन हुने नाडा अटो शो २०२६ मा प्रदर्शन गरिने भएको छ। सुजुकी प्याभिलियनको स्टल ए–२ मा गाडी प्रत्यक्ष अवलोकन गर्न सकिने तथा टेस्ट ड्राइभका लागि बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ।
टर्बो बुस्टरजेट इन्जिन र नयाँ ट्रान्समिसन
न्यू ब्रेजाको प्रमुख आकर्षण टर्बो बुस्टरजेट इन्जिन हो। कम्पनीका अनुसार इन्जिनले ५,५०० आरपिएममा अधिकतम ८१ किलोवाट शक्ति तथा २,००० देखि ३,५०० आरपिएमबीच १७० न्यूटन–मिटर टर्क उत्पादन गर्छ।
यसमा नयाँ ६–स्पिड म्यानुअल ट्रान्समिसन उपलब्ध गराइएको छ। साथै, प्रोग्रेसिभ स्मार्ट हाइब्रिड प्रविधिसहितको के१५सी ड्युअल जेट तथा ड्युअल भीभीटी इन्जिनको विकल्प पनि रहेको कम्पनीले जनाएको छ।
स्टियरिङमा जडित प्याडल सिफ्टरसहित ६–स्पिड अटोमेटिक ट्रान्समिसनको विकल्पसमेत उपलब्ध रहेको बताइएको छ।
आधुनिक डिजाइन र सुविधा
बाहिरी डिजाइनमा स्मोक क्रोम ग्रिल, मेटालिक ग्रे बुल बार, स्किड प्लेट डिजाइन र नयाँ ड्युअल–टोन साइड क्ल्याडिङ राखिएको छ। नयाँ प्रिसिजन–कट अलोय ह्विलले गाडीलाई थप स्पोर्टी र आकर्षक बनाएको कम्पनीको भनाइ छ।
गाडीको भित्री भागमा गाढा खैरो र कालो ड्युअल–टोन थिम, मेटालिक सफ्ट–टच फिनिस तथा नयाँ लेदरेट सिट उपलब्ध छन्।
न्यू ब्रेजामा भेन्टिलेटेड फ्रन्ट सिट, अटोप्युरिफाइ, पीएम २.५ फिल्टरसहितको एयर क्वालिटी डिस्प्ले, एक्टिभ कुलिङयुक्त वायरलेस स्मार्टफोन चार्जर तथा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली राखिएको छ। स्मार्टप्ले प्रो एक्स प्रणालीमा इनबिल्ट इन्टरनेट कनेक्टिभिटीसमेत उपलब्ध छ।
सुरक्षामा विशेष ध्यान
न्यू ब्रेजामा ब्लाइन्ड स्पट वार्निङ, लेन चेन्ज अलर्ट, रियर क्रस ट्राफिक अलर्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम, इमर्जेन्सी स्टप सिग्नल तथा एक्जिट सपोर्ट वार्निङजस्ता आधुनिक सुरक्षा फिचरहरू समावेश छन्।
त्यस्तै, थ्री६० डिग्री भ्यू क्यामेरा तथा अगाडि र पछाडिका पार्किङ सेन्सरले पार्किङलाई सहज बनाउनेछन्। कम्पनीका अनुसार गाडीको बलियो बडी संरचनामा अल्ट्रा हाई–टेन्साइल र हाई–टेन्साइल स्टिलको प्रयोग गरिएको छ।
कम्पनीले न्यू ब्रेजाले भारत एनक्यापबाट वयस्क तथा बालबालिकाको सुरक्षामा ५–स्टार रेटिङ प्राप्त गरेको जनाएको छ।
नयाँ रङमा उपलब्ध
न्यू ब्रेजा दुई नयाँ रङ—भाइभेसियस अरेन्ज र लस्ट्रस बेज—मा पनि उपलब्ध हुनेछ। यसबाहेक पर्ल ब्लुइस ब्ल्याक, म्याग्मा ग्रे, सिज्लिङ रेड, स्प्लेन्डिड सिल्भर र पर्ल आर्कटिक ह्वाइट रङका विकल्प पनि रहनेछन्।
सुजुकी नेपालका अनुसार न्यू ब्रेजा कम्पनीका आधिकारिक सोरुममार्फत उपलब्ध हुनेछ। ग्राहकले नजिकैको सुजुकी सोरुममा सम्पर्क गरी गाडीको विस्तृत जानकारी लिनुका साथै टेस्ट ड्राइभ बुक गर्न सक्नेछन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्