ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीरगञ्जमा प्रोटोनको नयाँ सोरुम, ‘अल–न्यू इ.मास ५’ सार्वजनिक


ABC NEWS
८ भदौ २०८३, सोमबार   ४ : ३५   बजे

काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले वीरगञ्जमा नयाँ आधिकारिक सोरुम सञ्चालनमा ल्याउँदै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक गरेको छ। नयाँ सोरुम सञ्चालनसँगै नेपालभर प्रोटोनका आधिकारिक आउटलेटको संख्या ११ पुगेको कम्पनीले जनाएको छ।

नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारीका रूपमा इ.मास ५ सार्वजनिक गरिएको हो। सहरी जीवनशैली र दैनिक यात्रालाई थप सहज, स्मार्ट तथा आधुनिक बनाउने उद्देश्यले यो विद्युतीय गाडी बजारमा ल्याइएको कम्पनीको भनाइ छ।

प्रोटोनले आफ्नो बिक्री तथा सेवा सञ्जाल विस्तारलाई पनि निरन्तरता दिएको जनाएको छ। कम्पनीले दशैंअघि बिर्तामोडमा अर्को नयाँ सोरुम सञ्चालनमा ल्याउने तयारी गरेको छ। उक्त सोरुम सञ्चालनमा आएपछि देशभर प्रोटोनका आधिकारिक आउटलेटको संख्या १२ पुग्नेछ।

आधुनिक फिचरसहित इ.मास ५

प्रोटोन इ.मास ५ मा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो जस्ता आधुनिक सुविधा उपलब्ध छन्।

त्यस्तै, गाडीमा ७० लिटर क्षमताको फ्रन्ट फ्रङ्क, ३७५ लिटरसम्म विस्तार गर्न सकिने पछाडिको लगेज स्पेस तथा ३२ वटा स्टोरेज कम्पार्टमेन्ट उपलब्ध रहेको कम्पनीले जनाएको छ। दैनिक प्रयोगदेखि लामो दूरीको यात्रासम्मलाई ध्यानमा राखेर गाडीको डिजाइन र उपयोगितामा जोड दिइएको बताइएको छ।

दुई भेरियन्टमा उपलब्ध, मूल्य ३२ लाख ९९ हजारदेखि

जगदम्बा मोटर्सका सिनियर जनरल म्यानेजर सुशील क्षेत्रीले आधुनिक प्रविधि, सुरक्षा, व्यावहारिक उपयोगिता र प्रतिस्पर्धी मूल्यका कारण इ.मास ५ ग्राहकको रोजाइमा पर्ने विश्वास व्यक्त गरेका छन्।

प्रोटोन इ.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ। वीरगञ्जमा आयोजित क्षेत्रीय सार्वजनिककरणका अवसरमा कम्पनीले प्राइम भेरियन्टको विशेष सुरुवाती मूल्य ३२ लाख ९९ हजार रुपैयाँ र प्रिमियम भेरियन्टको ३६ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको जनाएको छ।

ग्राहकहरूले वीरगञ्ज बाइपास रोडस्थित नयाँ प्रोटोन आधिकारिक सोरुममा पुगेर इ.मास ५ तथा इ.मास ७ को प्रत्यक्ष अवलोकन र टेस्ट ड्राइभ गर्न सक्नेछन्। सोरुममा गाडीका आधुनिक प्रविधि, स्मार्ट फिचर, डिजाइन तथा ड्राइभिङ अनुभवबारे विस्तृत जानकारीसमेत उपलब्ध हुने कम्पनीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भन्सारछलीको मोबाइलसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

बादल र इन्दिराले बोलेका असंसदीय शब्द अभिलेखबाट हटाउन निर्देशन

सम्बन्धित

‘बलात्कारीलाई पाकेटमारसँगै राखेर सजाय दिन मिल्दैन’ : श्रद्धा कुँवर

१८औँ नाडा अटो शोको तयारी अन्तिम चरणमा, ५५ ब्रान्डको सहभागिता

पुँजी बजारमा ६ खर्ब डुब्दा पनि अर्थमन्त्री बेवास्ता गरेको सांसद संग्रौलाको आरोप

कांग्रेस प्रमुख सचेतक थापा र अस्ट्रेलियाका राजदूतबीच भेटवार्ता

यूएईसँग श्रमिकका लागि प्रहरी चारित्रिक प्रमाणपत्रको प्रक्रिया सहज बनाउन मन्त्री यादवको आग्रह

जेनजी आन्दोलनमा पक्राउ परेकालाई थुनामुक्त गर्न सांसद यादवको माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu