काठमाडौं । नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई)का राजदूत अब्दुल्ला सइद मुबारक जारवान अल शामसीले सोमबार युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग शिष्टाचार भेट गरेका छन्।
भेटका क्रममा मन्त्री यादवले रोजगारीका लागि यूएई जाने नेपाली श्रमिकले प्रहरी चारित्रिक प्रमाणपत्रका लागि पूरा गर्नुपर्ने दोहोरो प्रक्रियालाई सरल र सहज बनाउन आग्रह गरेका थिए।
राजदूत शामसीले यस विषयमा यूएई सरकारसँग निरन्तर छलफल तथा समन्वय भइरहेको जानकारी गराउँदै आवश्यक पहल जारी रहने आश्वासन दिएको श्रममन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा नेपाल र यूएईबीच भएका द्विपक्षीय श्रमसम्बन्धी समझदारी तथा सहमतिहरूको प्रभावकारी कार्यान्वयनबारे पनि छलफल भएको थियो।
दुवै पक्षबीच ती समझदारी र सहमतिको कार्यान्वयनलाई थप प्रभावकारी बनाउन संयुक्त कार्य समूहको बैठक शीघ्र आयोजना गर्ने विषयमा समेत सहमति भएको सचिवालयले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्