ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल ‘ए’ले होबर्टलाई १५५ रनको लक्ष्य दियो


ABC NEWS
८ भदौ २०८३, सोमबार   ५ : २५   बजे

काठमाडौं । टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ले होबर्ट हुरिक्यान्स एकेडेमीसामु १५५ रनको लक्ष्य प्रस्तुत गरेको छ । डार्विनस्थित मरारा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल एले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५४ रनको योगफल तयार पारेको थियो ।

नेपालका कुशल भुर्तेलले ३९, मयन यादवले ३१, कप्तान अनिलकुमार साहले २८, लोकश बमले अविजित २० र तृतराज दासले १० रन बनाए । होबर्टका राफ म्याकमिलनले तीन, मार्कस बीनले दुई तथा निवेथन राधाकृष्णन र ब्राडली होपले एक–एक विकेट लिए ।

आफ्नो तेस्रो खेल खेल्दै गरेको नेपाल पहिलो जितको लक्ष्यमा छ । यसअघि नेपालले आयोजक नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेट र बंगलादेश हाई–परफर्मेन्स टिमसँग ९ विकेटको हार व्यहोरेको थियो । यता, होबर्ट पनि पहिलो जितको लक्ष्यमा छ । टोलीले यसअघि भिक्टोरिया क्रिकेट संघ–११ सँग पाँच विकेट र बंगलादेश हाई–परफर्मेन्स टिमसँग तीन विकेटले पराजित भएको थियो।

खेलको नतिजा

नेपाल ‘ए’ ले प्रस्तुत गरेको १५४ रनको लक्ष्य होबर्ट हुरिक्यान्स एकेडेमीले पछ्याउनेछ । नेपालले आफ्नो तेस्रो खेलमा जित हात पार्न चाहेको छ, जबकि होबर्ट पनि पहिलो जितको खोजीमा रहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको ‘निजी भ्रमण’माथि हर्क साम्पाङको प्रश्न– ‘प्रधानमन्त्री पदको निजी जीवन हुँदैन’

सर्वोच्चको निर्देशन : जिल्ला अदालतका आदेश अब उही दिन सीएमएसमा प्रविष्ट गर्नुपर्ने

सम्बन्धित

जैसवाललाई आईसीसीको कारबाही, म्याच फीको २५ प्रतिशत जरिवाना

टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ को पहिलो जित

तेस्रो एसियाड खेल्दै आर्हन्त र विपना, स्क्वासमा सुखद नतिजाको आशा

नेपाल ‘ए’ आज होबर्टसँग भिड्दै, पहिलो जितको खोजीमा

टोरेसको दुई गोलमा पीएसजीले रेनेसलाई बराबरीमा रोक्यो

बार्सिलोनाको शानदार सुरुवात, एल्चेमाथि ५–० को फराकिलो जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu