ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्व फिनटेक मञ्चमा नेपालको आइमार्क, ‘बेस्ट पेमेन्ट्स सोलुसन’मा मनोनयन


ABC NEWS
८ भदौ २०८३, सोमबार   ७ : १५   बजे

काठमाडौं । नेपालको डिजिटल भुक्तानी क्षेत्रमा कार्यरत आइमार्क प्रालि विश्व चर्चित फिनटेक सम्मेलन ग्लोबल फिनटेक फेस्ट (जीएफएफ) २०२६ को ‘बेस्ट पेमेन्ट्स सोलुसन’ विधामा मनोनयनमा परेको छ। भारतको मुम्बईमा सेप्टेम्बर ८ देखि ११ गतेसम्म हुने जीएफएफमा विश्वभरका बैंक, वित्तीय संस्था, केन्द्रीय बैंक, नियामक, फिनटेक कम्पनी, स्टार्टअप तथा प्रविधि क्षेत्रका प्रतिनिधि सहभागी हुनेछन्।

‘बेस्ट पेमेन्ट्स सोलुसन’ विधामा आइमार्कसँगै क्याम्सपे, बैंक अफ इन्डिया, स्प्रिन्टपीजीएक्स र इन्भ्वाइसमार्ट लगायतका कम्पनीहरू सर्टलिस्टमा परेका छन्। गत वर्ष यो अवार्ड भारतीय डिजिटल भुक्तानी कम्पनी पेटिएमले प्राप्त गरेको थियो। नेपाली कम्पनीको अन्तर्राष्ट्रिय फिनटेक अवार्डको महत्त्वपूर्ण विधामा छनोट हुनु नेपालको डिजिटल भुक्तानी क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

यस वर्षको जीएफएफको मुख्य विषय ‘पोटेन्सियल टु इम्प्याक्ट’ रहेको छ। सम्मेलनमा एजेन्टिक एआई, टोकनाइजेसन र क्वान्टम प्रविधिका साथै डिजिटल भुक्तानी, वित्तीय समावेशीकरण, जोखिम व्यवस्थापन, डेटा र डिजिटल रूपान्तरणबारे छलफल हुनेछ। आयोजकका अनुसार जीएफएफमा एक लाखभन्दा बढी सहभागी, पाँच हजारभन्दा बढी संस्था, चार हजार पाँच सयभन्दा बढी स्टार्टअप र एक हजारभन्दा बढी वक्ता सहभागी हुने अपेक्षा गरिएको छ। सम्मेलनमा ८० भन्दा बढी देशका प्रतिनिधि र ८० भन्दा बढी नियामकको सहभागिता रहनेछ।

ग्राहककेन्द्रित सेवामा जोड

आइमार्कले सुरक्षित, भरपर्दो र नवीन डिजिटल भुक्तानी समाधान विकास गर्दै आएको जनाएको छ। कम्पनीले ग्राहककेन्द्रितता, चुस्तता, उत्कृष्टता, सहकार्य, पारदर्शिता र निरन्तर सुधारलाई आफ्नो कार्यसंस्कृतिको आधार बनाएको छ।

कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रामप्रसाद ढुङ्गानाले टोलीको मेहनत तथा ग्राहक र साझेदारको विश्वासका कारण अन्तर्राष्ट्रिय फिनटेक मञ्चमा नेपालको प्रतिनिधित्व गर्न सफल भएको बताए। आइमार्कको मनोनयनले नेपाली डिजिटल भुक्तानी प्रविधि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पुग्न थालेको देखाएको छ। यसले नेपालमा विकास भइरहेका भुक्तानी प्रविधि र डिजिटल सेवाको सम्भावनालाई विश्व फिनटेक क्षेत्रमा चिनाउने अवसरसमेत प्रदान गर्नेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निर्देशन अटेर गरी बागमती सरकारमा सहभागी तीन सांसदलाई राप्रपाले गर्‍यो पदमुक्त

 तीन सातापछि लगानी बोर्डको जिम्मेवारी सम्हालिन् नवनियुक्त सीईओ याङ्की उक्याब

सम्बन्धित

विज्ञापन बजारलाई स्वच्छ, पारदर्शी र प्रतिस्पर्धी बनाउँछौँ : सञ्चारमन्त्री तिमिल्सिना

 बैंकको नाफा चम्कियो, तर खराब कर्जा किन झन् बढ्यो ?

 नेपालमा विपद् तयारी उपकेन्द्र स्थापना गर्न सरकार र एडीपीसीबीच सम्झौता

 अब हरेक साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी

 मानवीय सेवामा सहकार्य गर्न एनआरएनए र नेपाल रेडक्रसबीच सम्झौता

 गरिमा हत्या प्रकरणको भाइरल भिडिओपछि एसपी कुँवरसहित प्रहरी अधिकारी छानबिनको दायरामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu