ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी गायिका जेसिका लीन साङ्गीतिक आदानप्रदानका लागि काठमाडौँमा


ABC NEWS
८ भदौ २०८३, सोमबार   ७ : १५   बजे

काठमाडौँ । प्रख्यात अमेरिकी गायिका तथा गीतकार जेसिका लीन नेपाली सङ्गीतकर्मी र सङ्गीत उद्योगका पेसाकर्मीहरूसँग भदौ ८ देखि १३ गतेसम्म चल्ने सप्ताहव्यापी व्यावसायिक आदानप्रदान, मार्गदर्शन तथा सहकार्यका लागि काठमाडौँ आइपुगेकी छिन्। यो कार्यक्रम अमेरिकी विदेश मन्त्रालयको शैक्षिक तथा सांस्कृतिक मामिला ब्युरोद्वारा प्रायोजित ‘आर्ट्स एन्ड म्युजिक अन्भोइ’ कार्यक्रमको एक हिस्सा हो।

लीन यस हप्ताभरि नेपाली गायक-गायिका, सङ्गीतकार, गीतकार, निर्माता, कलाकार व्यवस्थापक र अन्य साङ्गीतिक पेसाकर्मीहरूसँग गीत लेखन, साङ्गीतिक व्यवसाय, डिजिटल प्लेटफर्म, प्रतिलिपि अधिकार र बृहत्तर सङ्गीत उद्योगमा केन्द्रित अन्तरक्रियात्मक सत्रहरूमा संलग्न हुनेछिन्। नेपाली कलाकार तथा पेसाकर्मीहरूले बजार, श्रोता-दर्शक र अमेरिकी सङ्गीत उद्योगका समकक्षीहरूसँग सहकार्यका अवसरहरूबारे नयाँ दृष्टिकोण हासिल गर्नेछन्।

कार्यवाहक अमेरिकी राजदूत स्कट अर्बमले भने, ‘अमेरिका र नेपालबिचको साझेदारी कलाको क्षेत्रसम्म पनि फैलिएको छ र यसै साल अमेरिकी स्वतन्त्रताको २५० वर्षको उत्सव मनाउँदै गर्दा अमेरिकी सांस्कृतिक उत्कृष्टता बाँड्न पाउँदा हामी गौरवान्वित छौँ। सङ्गीत हाम्रा दुई देशका जनतालाई जोड्ने एक शक्तिशाली माध्यम हो। अमेरिकी र नेपाली कलाकार तथा श्रोता-दर्शकहरूलाई एकअर्काबाट सिक्ने, आफ्ना दृष्टिकोणहरू बाँड्ने र सार्थक व्यावसायिक सम्बन्धहरू निर्माण गर्ने अवसर सृजना गर्दै नेपालको बढ्दो उद्योगधन्दाको आर्थिक वृद्धि र सिर्जनात्मकतामा योगदान दिन पाउँदा हामीलाई खुसी छ।’

‘आर्ट्स एन्ड म्युजिक अन्भोइ’ कार्यक्रमको समापन भदौ १३ गते शनिवार ललितपुरको पुलचोकस्थित ‘द प्लाजा’ सम्मेलन केन्द्रमा एक सार्वजनिक कन्सर्टका साथ हुनेछ। दर्ता भएका आमन्त्रित अतिथिका लागि ढोका दिउँसो ३:३० बजे खुल्नेछ भने कार्यक्रम ठिक ४:३० बजे सुरु हुनेछ। कन्सर्टमा जेसिका लीनका अतिरिक्त नेपाली कलाकारहरू रातो रानी र उजन शाक्यका पनि प्रस्तुति रहनेछन्। जेसिका लीन र प्रख्यात सारङ्गीवादक एवं अमेरिकी सरकारी आदानप्रदान कार्यक्रमका पूर्वसहभागी किरण नेपालीको विशेष ‘फ्युजन’ प्रस्तुति पनि उक्त साँझमा समाविष्ट छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निर्देशन अटेर गरी बागमती सरकारमा सहभागी तीन सांसदलाई राप्रपाले गर्‍यो पदमुक्त

 तीन सातापछि लगानी बोर्डको जिम्मेवारी सम्हालिन् नवनियुक्त सीईओ याङ्की उक्याब

सम्बन्धित

‘झ्याम पारम्’ को धमाका : युट्युबमा एक करोड भ्युज, टिकटकमा १० लाखभन्दा बढी भिडियो

कान्समा इतिहास रचेको ‘तिनीहरू’ अब नेपालमा, निर्माता भन्छन्– ‘यो केवल तेस्रोलिंगीको कथा होइन’

बक्सअफिसमा ‘गौँथली’को दबदबा, साढे २५ करोड नाघ्यो कमाइ

तिशा शाक्य मिस नेवाः नेपालको विजेता

बेनीमा युवाले जोगाउँदै नेवार समुदायको मौलिक ‘घोडा नाच’

तिशा शाक्य बनिन् ‘मिस नेवाः नेपाल ११४६’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu