ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा लक्जरी चिनियाँ ईभी ‘स्काईवेल’ भित्रियो, बीई ११ नाडा अटो शोमा सार्वजनिक हुँदै


ABC NEWS
८ भदौ २०८३, सोमबार   ७ : ५५   बजे

काठमाडौँ । लक्जरी चिनियाँ विद्युतीय सवारी ब्रान्ड ‘स्काईवेल’ नेपाली बजारमा भित्रिएको छ। स्काईवेलको नेपालका लागि आधिकारिक प्रतिनिधि एलआरआर मोटर्सले बीई ११ मोडलको विद्युतीय गाडी नेपाल ल्याएको हो।

कम्पनीले आगामी भदौ ९ गतेदेखि सुरु हुने नाडा अटो शो २०२६ को पहिलो दिन स्काईवेल बीई ११ लाई औपचारिक रूपमा सार्वजनिक गर्ने जनाएको छ। हाल नेपाली बजारका लागि उक्त मोडलका दुई भेरियन्ट उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

सोमबार आयोजित कार्यक्रममा स्काईवेलका उपाध्यक्षले एलआरआर मोटर्सका प्रतिनिधि, कर्मचारी तथा अटोमोबाइलप्रेमीहरूको उपस्थितिमा ब्रान्डको लोगो अनावरण गरेका थिए।

एक पटकको चार्जमा ५२० किलोमिटरसम्म रेन्ज

कम्पनीका अनुसार, स्काईवेल बीई ११ मा दुई फरक ब्याट्री विकल्प उपलब्ध छन्। ७१.९८ किलोवाट आवर क्षमताको एनएमसी ब्याट्री भएको भेरियन्टले एक पटकको पूर्ण चार्जमा ५२० किलोमिटरसम्म यात्रा गर्न सक्ने दाबी गरिएको छ।

त्यस्तै, ५१.९१ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री भएको अर्को भेरियन्टले एक पटकको पूर्ण चार्जमा ४१० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ।

दुवै भेरियन्टमा १५० किलोवाट क्षमताको मोटर जडान गरिएको छ। साथै, ८०० भोल्टको हाई–भोल्टेज आर्किटेक्चरका कारण गाडीमा फास्ट चार्जिङ सुविधा उपलब्ध रहेको कम्पनीको भनाइ छ।

डीसी फास्ट चार्जरको प्रयोग गर्दा बीई ११ लाई करिब ३५ मिनेटमै ७० प्रतिशतसम्म चार्ज गर्न सकिने बताइएको छ।

आधुनिक फिचर र १९८ एमएम ग्राउन्ड क्लियरेन्स

स्काईवेल बीई ११ पाँच सिट क्षमतामा उपलब्ध हुनेछ। यसमा पानोरामिक सनरुफ, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड सिट, प्रशस्त इन्टेरियर स्पेस तथा आधुनिक बडी डिजाइनजस्ता सुविधा रहेका छन्।

गाडीमा १९८ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ। कम्पनीले यसलाई नेपाली सडकको अवस्थालाई समेत ध्यानमा राखेर उपयोगी हुने विशेषताका रूपमा प्रस्तुत गरेको छ।

एलआरआर मोटर्सले स्काईवेल बीई ११ को मूल्य, वारेन्टी तथा अन्य विस्तृत व्यावसायिक जानकारी औपचारिक सार्वजनिक कार्यक्रममार्फत घोषणा गर्ने जनाएको छ।

नाडा अटो शोमा स्काईवेल बीई ११ लाई एलआरआर मोटर्सको स्टल एच–१९ मा प्रदर्शन गरिनेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

 महावीर पुनको नेतृत्वमा नयाँ विज्ञान मन्त्रालय, संरचना र कानुन निर्माण तीव्र

वाग्मतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिने बैठक मंगलबार बस्ने

सम्बन्धित

लगातार रिल्स स्क्रोल गर्दा मस्तिष्कको आत्मनियन्त्रण प्रणालीमा असर पर्न सक्ने अध्ययनको निष्कर्ष

त्रिभुवन विमानस्थलबाट ७२ लाखको मोबाइल–ल्यापटपका पार्टपुर्जा र चुरोट बरामद

सभामुख अर्यालले गंगालाल अस्पतालमा गराए स्वास्थ्य परीक्षण

विज्ञापन बजारलाई स्वच्छ, पारदर्शी र प्रतिस्पर्धी बनाउँछौँ : सञ्चारमन्त्री तिमिल्सिना

 बैंकको नाफा चम्कियो, तर खराब कर्जा किन झन् बढ्यो ?

 नेपालमा विपद् तयारी उपकेन्द्र स्थापना गर्न सरकार र एडीपीसीबीच सम्झौता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu