ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 महावीर पुनको नेतृत्वमा नयाँ विज्ञान मन्त्रालय, संरचना र कानुन निर्माण तीव्र


ABC NEWS
८ भदौ २०८३, सोमबार   १० : १५   बजे

काठमाडौं । सरकारले स्थापना गरेको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले आफ्नो संरचना विस्तारसँगै आवश्यक कानुन निर्माणको काम अघि बढाएको छ। मन्त्री महावीर पुन मन्त्रालयको संरचना, विभाग समायोजन तथा आवश्यक ऐन–नियमावली निर्माणमा केन्द्रित छन्।

गत जेठ २६ गते मन्त्रालयको जिम्मेवारी सम्हालेयता मन्त्री पुन मन्त्रालयमै निरन्तर सक्रिय रहेको बताइएको छ। मन्त्रालयको संरचना निर्माण र आवश्यक कानुनी आधार तयार गर्ने कामलाई प्राथमिकतामा राखिएको छ।

९० कर्मचारीको दरबन्दी

नयाँ मन्त्रालयमा इन्जिनियरिङ सेवाका दुई र प्रशासन सेवाका एक गरी तीन सहसचिवको दरबन्दी राखिएको छ। मन्त्रालयको कुल दरबन्दी ९० कायम गरिए पनि हाल २५ जना कर्मचारी मात्र कार्यरत छन्।

मन्त्रालयले प्राविधिक जनशक्तिलाई प्राथमिकता दिँदै दरबन्दी संरचना तयार गरेको जनाएको छ। अन्य मन्त्रालयअन्तर्गत रहेका विज्ञान तथा प्रविधिसँग सम्बन्धित विभाग र निकायलाई समेत यस मन्त्रालयमा गाभ्ने तयारी भइरहेको छ।

३ अर्ब बजेट

मन्त्रालयको चालु संरचनाअनुसार करिब ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ। त्यसमध्ये प्रशासनिक खर्चतर्फ करिब ८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्र तथा मौसम विज्ञान विभागलगायतका निकायलाई मन्त्रालयअन्तर्गत ल्याउने तयारी भइरहेको छ। यस विषयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गरी प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

तीन विधेयक निर्माण हुँदै

मन्त्रालयले विज्ञान, प्रविधि तथा नवप्रवर्तनसँग सम्बन्धित तीन वटा विधेयकको काम अघि बढाएको छ।

मन्त्रालयका अनुसार विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलमा छ। राष्ट्रिय विधि विज्ञान प्रतिष्ठान, प्लानेटेरियम तथा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) सम्बन्धी विधेयकको मस्यौदा निर्माण भइरहेको छ।

यसैगरी मन्त्रालयले ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन नियमावली, २०८३’ को मस्यौदा तयार पारेको छ। मन्त्री पुनले सामाजिक सञ्जालमार्फत मस्यौदा सार्वजनिक गर्दै सरोकारवालाबाट सुझाव मागेका छन्।

अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता

मन्त्रालयले विज्ञान तथा प्रविधिसम्बन्धी नीति, कानुन र मापदण्ड निर्माणलाई तीव्रता दिएको छ। नयाँ कानुनी संरचनामार्फत वैज्ञानिक अनुसन्धान, अन्तरिक्ष तथा खगोल विज्ञान, प्रविधि विकास, आविष्कार र नवप्रवर्तनलाई संस्थागत गर्ने लक्ष्य राखिएको छ।

नयाँ ऐनमा विज्ञान तथा प्रविधिसम्बन्धी तथ्यांक संकलन, अनुसन्धान, सर्वेक्षण तथा मापदण्ड निर्धारणका विषय समेटिनेछन्। पारमाणविक प्रविधि तथा रेडियोधर्मी पदार्थको व्यवस्थापन र नियमन, जैविक तथा पारमाणविक प्रविधिको उपयोग, ओजोन तह अध्ययन, सौर्य विकिरण मापन तथा वैज्ञानिक उपकरणको क्यालिब्रेसनसम्बन्धी विषय पनि समेट्ने तयारी छ।

त्यस्तै, आणविक ऊर्जा तथा पारमाणविक पदार्थको व्यवस्थापन, बेवारिसे रेडियोधर्मी स्रोतको खोज तथा व्यवस्थापन, विज्ञान संग्रहालय, वेधशाला र प्लानेटेरियमसम्बन्धी विषयलाई समेत कानुनी दायरामा ल्याउने तयारी गरिएको छ।

फाइल रोकिँदा मन्त्री आफैँ सक्रिय

मन्त्रालयका कर्मचारीका अनुसार मन्त्री पुनले काममा ढिलाइ भए सम्बन्धित कर्मचारीलाई प्रत्यक्ष सम्पर्क गरेर काम अघि बढाउन दबाब दिने गरेका छन्। सम्बन्धित मन्त्रालयबाट विधेयक तथा नियमावलीका लागि राय, सुझाव र सहमति लिनुपर्ने प्रक्रियामा समेत मन्त्री पुन आफैँ सक्रिय हुने गरेको बताइएको छ।

नवगठित मन्त्रालयले आगामी दिनमा नवप्रवर्तन, प्रविधि विकास र औद्योगिक आधुनिकीकरणलाई मुख्य प्राथमिकतामा राख्ने जनाएको छ। नयाँ कानुन निर्माणपछि विज्ञान तथा प्रविधिसम्बन्धी अनुसन्धान र आविष्कारलाई संस्थागत रूपमा अघि बढाउने सरकारको तयारी छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुख्यमन्त्री थापामगरले मंगलबार विश्वासको मत लिने

बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेर हद तोक्न पद्मा अर्यालको माग

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Singapore Launches First Data Center Powered by Human Neurons

Two Arrested Following Murder of South African Boxing Champion Zolani Tete

Iran Braces for New US Sanctions as Economic Pressure Mounts

Israeli Airstrike on Gaza Shelter Kills One, Amid Ceasefire Violations

Ukraine: A Generation After Soviet Fall, Now a Proxy Ruin

मुख्यमन्त्री थापामगरले मंगलबार विश्वासको मत लिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu