स्याङ्जा । स्याङ्जामा बोलेरो जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने चालकसहित १० जना घाइते भएका छन्।
गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा सोमबार साँझ गल्याङ नगरपालिका–९ साङलियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार उकालो घुम्तीमा पुगेपछि चालकले जीप नियन्त्रणमा लिन नसक्दा दुर्घटना भएको हो। दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते १० जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
मृतक तथा घाइतेको पहिचान भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनास्थलबाट शव उठाएर पोस्टमार्टमका लागि पठाइएको छ।
दुर्घटनाको थप कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्