ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन दिनसम्म गुञ्जियो जमल, ‘लोकदोहोरी मेला २०८३’ सम्पन्न


ABC NEWS
८ भदौ २०८३, सोमबार   १० : ०५   बजे

काठमाडौं । काठमाडौँको जमलमा तीन दिनदेखि जारी ‘लोकदोहोरी मेला २०८३’ सम्पन्न भएको छ । टप दरबार रोधी क्लबको ग्रान्ड ओपनिङको अवसरमा भदौ ५ गतेदेखि सुरु भएको मेला चर्चित लोकगायक तथा फिल्म निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

मेलाको अन्तिम साँझ लोकदोहोरी संगीतकर्मी राजु परियार, शान्ता रानी परियार, शिव हमाल, श्याम रानालगायत कलाकारले प्रस्तुति दिएका थिए । कलाकारका लोकप्रिय गीतमा दर्शकले साथ दिँदा जमलस्थित विश्वज्योति मलको चौथो तला रात अबेरसम्म सांगीतिक माहोलमा गुञ्जिएको थियो ।

लोकदोहोरीसँगै नेपाली मौलिक संस्कृति झल्काउने विभिन्न प्रस्तुतिले पनि दर्शकको ध्यान खिचेको थियो । विशेषगरी कौडा नृत्यलगायत मौलिक सांस्कृतिक प्रस्तुतिले मेलाको रौनक थपेको थियो ।

तीन दिनअघि चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता दिनेश डीसीको प्रमुख उपस्थितिमा मेलाको उद्घाटन गरिएको थियो । उद्घाटन समारोहमा दुर्गेश थापा, बद्री पंगेनीलगायत कलाकार तथा अतिथिलाई बाजागाजासहित स्वागत गरिएको थियो । त्यसपछि ज्योति मगर, प्रीति आले, विश्व दोङ, बद्री पंगेनीलगायत कलाकारले प्रस्तुति दिएका थिए ।

उद्घाटनकै दिन दर्शकको उल्लेख्य सहभागिता रहेको थियो । टप दरबार रोधीको हल दर्शकले खचाखच भरिएपछि मेला सुरुवातदेखि नै चर्चामा आएको थियो ।

तीन दिनसम्म चलेको मेलामा टप दरबार रोधीसँग आबद्ध करिब ६० कलाकारको समेत सहभागिता रहेको थियो । स्थापित कलाकारदेखि नयाँ पुस्तासम्मलाई एउटै मञ्चमा प्रस्तुत गर्नुका साथै नेपाली मौलिक कला, संस्कृति र रोधी परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले मेला आयोजना गरिएको आयोजकले जनाएको छ ।

मेलाले स्थापित कलाकारसँगै नयाँ प्रतिभालाई अवसर प्रदान गर्ने र कलाकार तथा दर्शकबीचको सम्बन्धलाई थप बलियो बनाउने लक्ष्यसमेत लिएको थियो ।

टप दरबार रोधीका सञ्चालक अशोक गिरीका लागि यो मेला करिब २५ वर्ष लामो दोहोरी तथा रोधी यात्राको महत्त्वपूर्ण सुरुवात बनेको छ । बाउन्सरका रूपमा काम सुरु गरेका गिरी पछि दोहोरी साँझको व्यवस्थापनमा प्रवेश गरेका थिए । उनले लामो समयदेखि कलाकारलाई मञ्च उपलब्ध गराउँदै आएका छन् ।

करिब ७ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको टप दरबार रोधीमा एकपटकमा करिब २०० जना अट्ने क्षमता रहेको छ । क्लबका अनुसार यहाँ १०० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । नेपाली मौलिक परिकार, प्रत्यक्ष सांगीतिक प्रस्तुति, आधुनिक प्रविधि र पारिवारिक वातावरणलाई क्लबले आफ्नो विशेषताका रूपमा अघि सारेको छ ।

सञ्चालक गिरीले रोधीलाई मनोरञ्जनको स्थलमा मात्र सीमित नराखी नेपाली लोकसंगीत, कलाकार र दर्शकबीचको साझा गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखेका छन् । सोहीअनुसार स्थापित कलाकारसँगै नयाँ प्रतिभालाई पनि निरन्तर मञ्च दिने योजना क्लबले अघि सारेको छ ।

उद्घाटनदेखि अन्तिम साँझसम्म कलाकारको प्रस्तुति, दर्शकको उत्साह र मौलिक सांस्कृतिक कार्यक्रमले जमलको माहोल तताएको तीनदिने ‘लोकदोहोरी मेला २०८३’ टप दरबार रोधी क्लबको औपचारिक सुरुवातसँगै नेपाली लोकसंगीत र संस्कृतिको उत्सवका रूपमा सम्पन्न भएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुख्यमन्त्री थापामगरले मंगलबार विश्वासको मत लिने

बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेर हद तोक्न पद्मा अर्यालको माग

सम्बन्धित

अमेरिकी गायिका जेसिका लीन साङ्गीतिक आदानप्रदानका लागि काठमाडौँमा

‘झ्याम पारम्’ को धमाका : युट्युबमा एक करोड भ्युज, टिकटकमा १० लाखभन्दा बढी भिडियो

कान्समा इतिहास रचेको ‘तिनीहरू’ अब नेपालमा, निर्माता भन्छन्– ‘यो केवल तेस्रोलिंगीको कथा होइन’

बक्सअफिसमा ‘गौँथली’को दबदबा, साढे २५ करोड नाघ्यो कमाइ

तिशा शाक्य मिस नेवाः नेपालको विजेता

बेनीमा युवाले जोगाउँदै नेवार समुदायको मौलिक ‘घोडा नाच’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu