ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘वीर गणेशमान’ भदौ १४ देखि सर्वनाम थिएटरमा मञ्चन हुने


ABC NEWS
९ भदौ २०८३, मंगलबार   १० : २५   बजे

काठमाडौं । नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व गणेशमान सिंहको जीवन, संघर्ष, त्याग र साहसमा आधारित ऐतिहासिक नाटक ‘वीर गणेशमान’ भदौ १४ गतेदेखि काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन हुने भएको छ।

गणेशमान फाउन्डेसनको आयोजना तथा सर्वनामको प्रस्तुतिमा तयार गरिएको नाटकको परिकल्पना, नाट्य रूपान्तर तथा निर्देशन अशेष मल्लले गरेका छन्। नाटक असोज १४ गतेसम्म मञ्चन हुने आयोजकले जनाएको छ।

निर्देशक मल्लका अनुसार ‘वीर गणेशमान’ केवल ऐतिहासिक व्यक्तिको जीवनीमा आधारित नाटक नभई निष्ठा, इमानदारी, त्याग र देशप्रतिको समर्पणको कथा हो।

आफ्नो करिब पाँच दशक लामो नाट्य यात्रामा यथार्थपरक विषयमा आधारित यस्तो प्रस्तुति पहिलोपटक गर्न लागेको मल्लले बताए। विम्ब र प्रतीकमार्फत कथा प्रस्तुत गर्ने आफ्नो नियमित शैलीभन्दा यो नाटक फरक रहेको उनको भनाइ छ।

राणा शासनविरुद्धको संघर्षदेखि प्रधानमन्त्री पद अस्वीकारसम्म

नाटकमा गणेशमान सिंहले तत्कालीन राणा शासनविरुद्ध गरेको संघर्ष, भद्रगोल जेलको जीवन तथा ६ फिट अग्लो जेलको पर्खाल नाघेर गरेको साहसिक पलायनलाई विशेष रूपमा प्रस्तुत गरिएको छ।

त्यस्तै, २०४६ सालको जनआन्दोलन सफल भएपछि प्रधानमन्त्री पदसमेत अस्वीकार गरेको ऐतिहासिक घटनालाई नाटकको महत्वपूर्ण पक्षका रूपमा समेटिएको छ।

सर्वनाम थिएटरका अनुसार व्यक्तिगत स्वार्थ, परिवार, पार्टी, पद र सत्ताभन्दा माथि देश र जनताको अधिकार तथा स्वतन्त्रतालाई प्राथमिकता दिने गणेशमान सिंहको राजनीतिक दर्शनलाई नाटकमार्फत प्रस्तुत गर्न खोजिएको छ।

जीवनका महत्वपूर्ण पाटा समेटिने

नाटकमा गणेशमान सिंहको राजनीतिक जीवनका विभिन्न चरणलाई समेटिएको छ। राणा शासनविरुद्धको आन्दोलन, जेल जीवन, जेलबाट गरिएको साहसिक पलायन तथा २०४६ सालको जनआन्दोलनपछि प्रधानमन्त्री पद अस्वीकार गरेको प्रसंगलाई प्रमुखताका साथ प्रस्तुत गरिएको निर्देशक मल्लले बताए।

नाटकले गणेशमान सिंहको राजनीतिक योगदानसँगै त्याग, निष्ठा र देशप्रतिको समर्पणको पक्षलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्य राखेको आयोजकले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

युवाको भावना नबुझी राजनीतिक पुनर्जागरण सम्भव छैन : महासचिव पोखरेल

प्रधानमन्त्री बालेनलाई कालो चस्मा लगाएर संसद् जान स्वास्थ्य चिकित्सकको सुझाव

सम्बन्धित

‘माया भनेकै यस्तो होला’को तीज गीत ‘नक्कल पारी’ सार्वजनिक

तीन दिनसम्म गुञ्जियो जमल, ‘लोकदोहोरी मेला २०८३’ सम्पन्न

अमेरिकी गायिका जेसिका लीन साङ्गीतिक आदानप्रदानका लागि काठमाडौँमा

‘झ्याम पारम्’ को धमाका : युट्युबमा एक करोड भ्युज, टिकटकमा १० लाखभन्दा बढी भिडियो

कान्समा इतिहास रचेको ‘तिनीहरू’ अब नेपालमा, निर्माता भन्छन्– ‘यो केवल तेस्रोलिंगीको कथा होइन’

बक्सअफिसमा ‘गौँथली’को दबदबा, साढे २५ करोड नाघ्यो कमाइ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu