ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्का सर्वोच्चमा


ABC NEWS
९ भदौ २०८३, मंगलबार   ४ : २५   बजे

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशनका सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका छन्।

विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा नेतृत्वको वैधानिकतामाथि प्रश्न उठाउँदै पुनरावलोकनको प्रक्रिया अघि बढिसकेको अवस्थामा मुद्दाको अन्तिम टुंगो नलागेसम्म नयाँ महाधिवेशन गर्न नहुने उनीहरूको जिकिर छ।

देउवा र खड्काले मंगलबार छुट्टाछुट्टै निवेदन दर्ता गराएका हुन्। दुवै निवेदनको माग भने समान रहेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए। निवेदनमाथि भदौ ११ गते पेसी तोकिएको छ।

विशेष महाधिवेशनबाट सभापति चयन भएका थापालाई निर्वाचन आयोगले २०८२ माघ २ गते आधिकारिकता दिँदै पार्टीको विवरण अद्यावधिक गरेको थियो। त्यसविरुद्ध परेको विवादमा सर्वोच्च अदालतको संयुक्त इजलासले २०८३ वैशाख ४ गते आयोगको निर्णय सदर गरेको थियो।

पुनरावलोकनको टुंगो नलागेसम्म महाधिवेशन रोक्न माग

उक्त फैसलाविरुद्ध देउवा र खड्काले पुनरावलोकनको निवेदन दिएका थिए। प्रधानन्यायाधीश मनोजकुमार शर्मासहितको इजलासले पुनरावलोकनको अनुमति दिएपछि उक्त विषय पुनः अदालतमा विचाराधीन छ।

यस्तो अवस्थामा कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया अघि बढाउँदा अदालतमा विचाराधीन मुद्दा नै निरर्थक हुने खड्काको निवेदनमा उल्लेख छ।

उनले गाउँ, नगर तथा वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनसम्मका सबै प्रक्रिया यथास्थितिमा राख्न अन्तरकालीन तथा अन्तरिम आदेश माग गरेका छन्।

विशेष महाधिवेशनबाट बनेको थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले भदौ २४ गते गाउँ, नगर र वडा अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

यस्तो छ प्रस्तावित कार्यतालिका

कांग्रेसले भदौ २७ गते गाउँ तथा नगर अधिवेशन, भदौ ३१ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन र असोज ३ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

असोज ७ गते बाँकी जिल्लाको अधिवेशन र असोज १० गते प्रदेश अधिवेशन गर्ने तालिका छ। त्यस्तै, असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी गरिएको छ।

देउवा र खड्काले यही कार्यतालिकाअनुसार महाधिवेशन प्रक्रिया अघि बढे पार्टीको वैधानिकता तथा सांगठनिक संरचनामा अपूरणीय क्षति पुग्ने दाबी गरेका छन्।

छुट्टै इजलास गठनको माग

निवेदकहरूले कांग्रेसको आधिकारिकता विवादमा यसअघि सुनुवाइ गरेका तथा पुनरावलोकनको अनुमति दिएका न्यायाधीशबाहेकको इजलास गठन गर्नसमेत माग गरेका छन्।

मुद्दाको गम्भीरता हेरी निरन्तर सुनुवाइको व्यवस्था गरी छिटो न्याय निरूपण गर्न माग गरिएको छ।

निर्वाचन आयोगको निर्णयमाथि पनि प्रश्न

देउवा र खड्काले निर्वाचन आयोगले आफूहरूलाई पर्याप्त सुनुवाइको अवसर नदिई पार्टीको विवरण अद्यावधिक गरेको आरोप लगाएका छन्।

खड्काको निवेदनमा गत फागुन २१ गतेको निर्वाचनका लागि टिकटमा हस्ताक्षर गर्ने व्यक्ति देउवा भए पनि पछि उनको नाम हटाएर अन्य व्यक्तिको नाम समावेश गरिएको उल्लेख गरिएको छ।

आफूहरूलाई सुनुवाइको अवसर नदिई पदाधिकारी हेरफेर गर्न नमिल्ने तथा निर्वाचन ऐनको दफा ५१ को उपदफा (१) बमोजिमको प्रक्रिया आयोगले पूरा नगरेको निवेदनमा दाबी गरिएको छ।

यस्तै, सर्वोच्चको संयुक्त इजलासले केन्द्रीय कार्यसमितिको म्यादबारे विरोधाभाषपूर्ण आधार लिएको भन्दै उनीहरूले आपत्ति जनाएका छन्।

कांग्रेसको १४औँ महाधिवेशन २०७८ मंसिर २४ देखि २८ गतेसम्म भएको थियो। कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिको कार्यकाल चार वर्षको हुने, विशेष परिस्थितिमा थप समय बढाउन सकिने व्यवस्था रहेको भन्दै देउवा र खड्काले महाधिवेशनसम्बन्धी विवादको अन्तिम टुंगो अदालतबाटै हुनुपर्ने जिकिर गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चाँगुनारायणको कलश हनुमानढोका ल्याइयो

‘खानतलासीका नाममा प्रहरीले खसी–कुखुरा पनि लग्यो’ : दुर्गा प्रसाईं

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एक दशकपछि निर्देशनमा निखिल, ‘आचार्य’को एक्सनले भरिएको टिजर सार्वजनिक

नाडा अटो शोमा अवतार ०७ सार्वजनिक, मूल्य २ करोड २० लाखदेखि

चाँगुनारायणको कलश हनुमानढोका ल्याइयो

‘खानतलासीका नाममा प्रहरीले खसी–कुखुरा पनि लग्यो’ : दुर्गा प्रसाईं

नाडा अटो शोमा यामाहाको एक्सएसआर १५५ सार्वजनिक, प्रि–बुकिङ खुला हुने

नाडा अटो शोमा सवारी कर्जाको अफर, बैंकहरूले ५.१७ प्रतिशतदेखि ब्याजदर ल्याए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu