काठमाडौं । नेपालका लागि यामाहा दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले नाडा अटो शो २०२६ मा बहुप्रतीक्षित यामाहा एक्सएसआर १५५ सार्वजनिक गरेको छ।
‘बर्न टु स्ट्यान्ड अपार्ट’ अभियानअन्तर्गत सार्वजनिक गरिएको एक्सएसआर १५५ लाई रेट्रो र आधुनिक डिजाइनको संयोजनमा तयार गरिएको कम्पनीले जनाएको छ। नाडा अटो शोमा आउने मोटरसाइकलप्रेमीले पहिलोपटक यो मोटरसाइकल प्रत्यक्ष अवलोकन गर्न पाउनेछन्।
परम्परागत स्ट्रिट बाइकभन्दा फरक पहिचान बनाउन चाहने राइडरलाई लक्षित गरिएको एक्सएसआर १५५ मा टियरड्रप आकारको फ्युल ट्यांक, रेट्रो शैलीको राउन्ड एलईडी हेडलाइट, फ्ल्याट बेन्च–स्टाइल सिट तथा मिनिमल र क्लिन बडीवर्क राखिएको छ।
यामाहाको विरासतलाई आधुनिक प्रविधिसँग जोडिएको यो मोटरसाइकलमा १५५ सीसी इन्जिन प्रयोग गरिएको छ। दैनिक सहरी यात्रासँगै स्पोर्टी पर्फर्मेन्स दिने गरी मोटरसाइकल तयार गरिएको कम्पनीले जनाएको छ।
नाडा अटो शोबाटै प्रि–बुकिङ
यामाहा नेपालले नाडा अटो शोबाटै एक्सएसआर १५५ को विशेष प्रि–बुकिङ खुला गर्ने जनाएको छ। इच्छुक ग्राहकले मोटरसाइकल खरिदका लागि एक महिनाअघि नै प्रि–बुकिङ गर्नुपर्नेछ।
सीमित अवधिको प्रि–बुकिङमार्फत बजारमा व्यापक उपलब्ध हुनुअघि नै पहिलो चरणका ग्राहकलाई मोटरसाइकल प्राप्त गर्ने अवसर दिइने कम्पनीले जनाएको छ।
एमएडब्लू ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले नेपाली बजारमा छुट्टै पहिचान बनाउन सक्ने मोटरसाइकल ल्याउन पाउँदा उत्साहित रहेको बताए।
उनका अनुसार ‘बर्न टु स्ट्यान्ड अपार्ट’ अभियान व्यक्तिगत पहिचान र शैलीलाई केन्द्रमा राखिएको छ। नाडा अटो शो एक्सएसआर १५५ प्रत्यक्ष अवलोकन गर्ने र सुरुवाती ग्राहक बन्ने अवसरका लागि महत्वपूर्ण प्लेटफर्म हुने उनले बताए।
यामाहा एक्सएसआर १५५ लाई नेपाली बजारमा रेट्रो डिजाइन र आधुनिक प्रविधि रुचाउने ग्राहकका लागि नयाँ विकल्पका रूपमा प्रस्तुत गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्