ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाडा अटो शोमा स्काईवेल बीई ११ सार्वजनिक, ४१० देखि ५२० किमीसम्म रेन्ज


ABC NEWS
९ भदौ २०८३, मंगलबार   ७ : १५   बजे

काठमाडौं । लक्जरी चिनियाँ विद्युतीय सवारीसाधन ब्रान्ड स्काईवेलले नेपाली बजारमा आफ्नो नयाँ विद्युतीय एसयूभी बीई ११ सार्वजनिक गरेको छ। स्काईवेलको नेपालका लागि आधिकारिक वितरक एलआरआर मोटर्सले मंगलबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२६ मा विभिन्न भेरियन्टसहित बीई ११ सार्वजनिक गरेको हो।

कम्पनीले बीई ११ लाई ४१० किलोमिटर र ५२० किलोमिटरसम्म रेन्ज दिने दुई ब्याट्री विकल्पसहित नेपाली बजारमा ल्याएको जनाएको छ।

नियमित मूल्यअनुसार ४१० किलोमिटर रेन्ज दिने इन्ट्री भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। त्यस्तै, कम्फर्ट भेरियन्टको मूल्य ५५ लाख ९९ हजार रुपैयाँ, लक्जरी भेरियन्टको ५६ लाख ९९ हजार रुपैयाँ र ५२० किलोमिटर रेन्ज दिने भेरियन्टको मूल्य ६४ लाख ९९ हजार रुपैयाँनिर्धारण गरिएको छ।

नाडा अटो शोमा विशेष छुट

नाडा अटो शो २०२६ को अवसरमा कम्पनीले बीई ११ मा विशेष मूल्यसमेत घोषणा गरेको छ।

अटो शो अवधिभर ४१० किलोमिटर रेन्ज दिने इन्ट्री भेरियन्ट ४६ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछ। त्यस्तै, कम्फर्ट भेरियन्टको मूल्य ५३ लाख ९९ हजार रुपैयाँ, लक्जरी भेरियन्टको ५४ लाख ९९ हजार रुपैयाँ र ५२० किलोमिटर रेन्ज दिने भेरियन्टको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।

दुई ब्याट्री विकल्प, ३५ मिनेटमै ७० प्रतिशत चार्ज

स्काईवेल बीई ११ मा दुई प्रकारका ब्याट्री विकल्प उपलब्ध छन्। कम्पनीका अनुसार ७१.९८ किलोवाट आवरको एनएमसी ब्याट्री भएको भेरियन्टले एकपटक पूर्ण चार्ज गर्दा ५२० किलोमिटरसम्म यात्रा गर्न सक्नेछ।

त्यस्तै, ५१.९१ किलोवाट आवरको एलएफपी ब्याट्री भएको भेरियन्टले एकपटकको पूर्ण चार्जमा ४१० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ।

बीई ११ मा ८०० भोल्टको हाई–भोल्टेज आर्किटेक्चर प्रयोग गरिएको छ। डिसी फास्ट चार्जरमार्फत करिब ३५ मिनेटमा ब्याट्रीलाई ७० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ।

दुवै ब्याट्री विकल्पका भेरियन्टमा १५० किलोवाट क्षमताको मोटर जडान गरिएको छ।

पानोरामिक सनरुफदेखि ३६० डिग्री क्यामेरासम्म

लक्जरी र आधुनिक डिजाइनलाई प्राथमिकता दिइएको बीई ११ मा पानोरामिक सनरुफ, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड सिट तथा पर्याप्त केबिन स्पेसलगायत सुविधा समावेश गरिएको छ।

गाडीमा १९८ मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको कम्पनीले जनाएको छ। उच्च ग्राउन्ड क्लियरेन्सका कारण नेपाली सडक र विविध भौगोलिक अवस्थाका लागि पनि उपयुक्त हुने कम्पनीको दाबी छ।

एलआरआर मोटर्सले नाडा अटो शो सुरु हुनुअघि नै स्काईवेल ब्रान्डको लोगो सार्वजनिक गरेको थियो। नेपालमा ब्रान्डको औपचारिक प्रवेशसँगै बीई ११ लाई प्रिमियम विद्युतीय एसयूभी सेग्मेन्टको नयाँ विकल्पका रूपमा प्रस्तुत गरिएको छ।

नाडा अटो शो २०२६ मा स्काईवेलको स्टल एच–१९ मा राखिएको छ, जहाँ ग्राहकहरूले बीई ११ का विभिन्न भेरियन्ट, विशेषता र नाडा अटो शोका विशेष अफरबारे जानकारी लिन सक्नेछन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भदौ २५–२७ मा एमाले केन्द्रीय कमिटी बैठक बोलाउने ओलीको निर्देशन

किरण थापा मगरले पाए विश्वासको मत, राप्रपाका ७ सांसदले गरे फ्लोर क्रस

सम्बन्धित

एनसेल र नेपाल मेडिसिटीबीच सहकार्य, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्शदेखि २० प्रतिशतसम्म छुट

२७ वर्षदेखि बन्द वीरगन्ज चिनी मिल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

आकाशेपुल प्रयोग गर्न आग्रह गर्दा महिला प्रहरीमाथि हातपात, युवक पाँच दिन हिरासतमा

३१ वर्षदेखि एउटै अध्यक्ष, २१ वर्षदेखि अधिवेशन छैन; साधारणसभा गराइदिन ठेकेदार पुगे सीडीओकहाँ

बागमतीमा नयाँ सत्ता समीकरण: एमाले–नेकपा–राप्रपाबीच सातबुँदे समझदारी, ७ सदस्यीय संयन्त्र गठन

बुधबार मुस्लिम धर्मावलम्बीलाई मात्र सार्वजनिक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu