ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीजमा अम्बिका भण्डारीको नयाँ गीत ‘भइयो दुईतिर’, नारी जीवनको पीडा र वेदना समेटियो


ABC NEWS
९ भदौ २०८३, मंगलबार   ७ : २५   बजे

पोखरा । गायिका अम्बिका भण्डारीले यस वर्षको हरितालिका तीजलाई लक्षित गर्दै ‘भइयो दुईतिर’ बोलको नयाँ मौलिक तीज गीत सार्वजनिक गरेकी छन्। लामो समयदेखि हरेक वर्ष तीजका अवसरमा नयाँ गीत सार्वजनिक गर्दै आएकी भण्डारीले यसपटक पनि नारी जीवनको पीडा, संघर्ष र माइती–घर तथा कर्मघरबीचको भावनात्मक सम्बन्धलाई गीतमार्फत प्रस्तुत गरेकी हुन्।

२०६५ सालदेखि निरन्तर तीज गीत सार्वजनिक गर्दै आएकी भण्डारीको नयाँ गीतमा नेपाली महिलाले विवाहपछि भोग्ने भावनात्मक पीडा र जीवनका विभिन्न उतारचढावलाई मार्मिक रूपमा समेटिएको छ।

गीतका शब्दहरूमा—

‘घरै हुनु रैनछ आमा, वनमा बस्ने चरीको,
कसलाई सुनाऊँ वेदना यो मुटुभरीको’

जस्ता भावनात्मक पंक्तिहरू समावेश छन्। त्यस्तै, ‘फूलको थुँगा शिरमै राख्छु, दिन्न आमा झर्न भूइँतिर, घर फेरियो, थर फेरियो, भइयो दुईतिर’ भन्ने शब्दले विवाहपछि महिलाले अनुभव गर्ने परिवर्तित जीवन र भावनात्मक द्वन्द्वलाई चित्रण गरेको छ।

अम्बिकाकै शब्द, स्वर र संगीत

गीतमा अम्बिका भण्डारीकै स्वर, शब्द तथा लय रहेको छ। १४ मिनेट लामो म्युजिक भिडियोसहित सार्वजनिक गरिएको गीत भण्डारीको आफ्नै युट्युब च्यानल ‘अम्बिका भण्डारी’ मार्फत दर्शकमाझ ल्याइएको हो।

गीतको रेकर्डिङ पोखरास्थित बासुरी रेकर्डिङ स्टुडियोमा गरिएको छ। म्युजिक भिडियोमा भावना पन्त र सावित्री अधिकारीको नृत्य रहेको छ भने भिडियोको सम्पादन तथा निर्देशन रामप्रसाद बास्तोलाले गरेका छन्।

कर्मघरको पीडादेखि नारी जीवनको यथार्थसम्म

भण्डारीका अनुसार गीतले नेपाली समाजमा महिलाले कर्मघरमा भोग्नुपर्ने अपजस, कठिनाइ, पीडा र भावनात्मक संघर्षलाई प्रस्तुत गरेको छ। तीजलाई केवल मनोरञ्जनको पर्वका रूपमा नभई नारीहरूले आफ्ना अनुभव, दुःख र भावना अभिव्यक्त गर्ने सांस्कृतिक माध्यमका रूपमा पनि गीतमा चित्रण गरिएको उनले बताइन्।

यसअघि उनले २२ वटा गीत तथा आधा दर्जन साहित्यिक कृति सार्वजनिक गरिसकेकी छन्। हरेक वर्ष मौलिकता र नेपाली समाजको यथार्थसँग जोडिएका तीज गीत ल्याउँदै आएको बताउँदै भण्डारीले दर्शक तथा श्रोताबाट निरन्तर साथ र माया पाएको बताइन्।

‘भइयो दुईतिर’ मार्फत उनले यसपटक विवाहपछि महिलाको जीवनमा आउने परिवर्तन, माइतीसँगको भावनात्मक दूरी र कर्मघरमा सामना गर्नुपर्ने परिस्थितिलाई तीजको मौलिक भाकामा प्रस्तुत गर्ने प्रयास गरेकी छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखरा–दुबई उडानलाई दिगो बनाउन पर्यटन व्यवसायीको सक्रियता

लुम्बिनीका तीन नवनियुक्त मन्त्रीले लिए शपथ

सम्बन्धित

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

चीनले ८ हजारभन्दा बढी वस्तुलाई शून्य भन्सार दिए पनि नेपालबाट निर्यात कमजोर

दुई वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

एनसेल र नेपाल मेडिसिटीबीच सहकार्य, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्शदेखि २० प्रतिशतसम्म छुट

२७ वर्षदेखि बन्द वीरगन्ज चिनी मिल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

आकाशेपुल प्रयोग गर्न आग्रह गर्दा महिला प्रहरीमाथि हातपात, युवक पाँच दिन हिरासतमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu