ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धितोपत्र र बीमासम्बन्धी कसूरमा चार जना सञ्चालक पक्राउ


ABC NEWS
९ भदौ २०८३, मंगलबार   ७ : २५   बजे

काठमाडौं । धितोपत्र तथा बीमासम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा माइक्रो इन्स्योरेन्स कम्पनीसँग आबद्ध चार जना सञ्चालकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३२ निवासी ४२ वर्षीय सुभाष पौडेल, ललितपुर महानगरपालिका–२ निवासी ४१ वर्षीया सुनिता महर्जन, काठमाडौँ–१६ निवासी ४५ वर्षीय अनुप मालाकार र काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ निवासी ३९ वर्षीया सुनिता श्रेष्ठ रहेका छन्।

पक्राउ परेका पौडेल हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेडका सदस्य हुन्। महर्जन क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका सञ्चालक सदस्य रहेकी छन् भने मालाकार र श्रेष्ठ नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडसँग आबद्ध सञ्चालक सदस्य रहेको सीआईबीले जनाएको छ।

सीआईबीका अनुसार उनीहरूमाथि धितोपत्र सम्बन्धी ऐन, २०६३ तथा बीमा ऐन, २०७९ अन्तर्गत कसूर गरेको आरोपमा अनुसन्धान भइरहेको छ।

सेबोन र बीमा प्राधिकरणको प्रतिवेदनका आधारमा अनुसन्धान

नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणले गरेको प्रारम्भिक जाँचबुझबाट प्राप्त प्रतिवेदनका आधारमा सीआईबीले घटनाको अनुसन्धान अघि बढाएको हो।

अनुसन्धानकै क्रममा धितोपत्र तथा बीमासम्बन्धी कानुन उल्लङ्घन गरेको आरोपमा चारै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यसअघि उनीहरू फरार रहेको बताइएको छ।

पक्राउ परेका चारै जनालाई मंगलबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखरा–दुबई उडानलाई दिगो बनाउन पर्यटन व्यवसायीको सक्रियता

लुम्बिनीका तीन नवनियुक्त मन्त्रीले लिए शपथ

सम्बन्धित

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

चीनले ८ हजारभन्दा बढी वस्तुलाई शून्य भन्सार दिए पनि नेपालबाट निर्यात कमजोर

दुई वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

एनसेल र नेपाल मेडिसिटीबीच सहकार्य, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्शदेखि २० प्रतिशतसम्म छुट

२७ वर्षदेखि बन्द वीरगन्ज चिनी मिल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

आकाशेपुल प्रयोग गर्न आग्रह गर्दा महिला प्रहरीमाथि हातपात, युवक पाँच दिन हिरासतमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu