ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दैनिक १२ सयदेखि बिदाका दिन ५ हजारसम्म आगन्तुक, सदर चिडियाखानामा स्थान अभावको चुनौती


ABC NEWS
९ भदौ २०८३, मंगलबार   ७ : २५   बजे

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना दैनिक सयौं होइन, हजारौं आगन्तुकको रोजाइमा पर्ने गरेको छ। सामान्य दिनमा दैनिक एक हजारदेखि १२ सयसम्म मानिस चिडियाखाना अवलोकनका लागि आउने गरेका छन् भने सार्वजनिक बिदाका दिन आगन्तुकको संख्या चारदेखि पाँच हजारसम्म पुग्ने गरेको छ।

सदर चिडियाखानाका प्रवक्ता गणेश कोइरालाका अनुसार वार्षिक रूपमा झण्डै १० लाख मानिसले चिडियाखाना भ्रमण गर्ने गरेका छन्। हाल ६ हेक्टर क्षेत्रफलमा फैलिएको चिडियाखानामा करिब एक सय प्रजातिका १२ सय विभिन्न जीवजन्तु रहेका छन्।

ठूला जनावरका लागि पर्याप्त स्थान छैन

आगन्तुकको संख्या बढ्दै गए पनि चिडियाखानामा ठूला जीवजन्तुका लागि पर्याप्त स्थानको अभाव रहेको चिडियाखाना प्रशासनले जनाएको छ। प्रवक्ता कोइरालाका अनुसार केही जीवजन्तुको व्यवस्थापन गरिए पनि ठूला जनावरका लागि आवश्यकताअनुसार फराकिलो स्थान उपलब्ध गराउन कठिन भइरहेको छ।

“कतिपय जीवजन्तुको व्यवस्थापन त भएको छ, तर ठूला जनावरका लागि अझ ठूलो र खुला स्थान दिन पाए राम्रो हुन्थ्यो,” उनले बताए।

यही कारण विगतदेखि नै उपत्यकाबाहिर वा फराकिलो क्षेत्रमा खुला चिडियाखाना निर्माण गर्ने योजनाबारे चर्चा हुँदै आएको छ। सदर चिडियाखानालाई भक्तपुरको सूर्यविनायक क्षेत्रमा स्थानान्तरण गर्ने गुरुयोजनासमेत विगतदेखि उठ्दै आएको छ। यद्यपि, यसको कार्यान्वयनसम्बन्धी मुख्य जिम्मेवारी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग रहेको बताइएको छ।

जुद्ध शमशेरले स्थापना गरेको चिडियाखाना

वि.सं. १९८९ मा तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले सदर चिडियाखानाको स्थापना गरेका थिए। २००७ सालको राजनीतिक परिवर्तनपछि चिडियाखाना नेपाल सरकारको स्वामित्वमा आएको थियो भने २०११ सालदेखि सर्वसाधारणका लागि खुला गरिएको थियो।

२०५२ सालदेखि चिडियाखानाको व्यवस्थापनको जिम्मेवारी राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) लाई दिइएको छ।

बर्डफ्लुका कारण एक महिना बन्द

पछिल्लो समय काठमाडौँ उपत्यकामा बर्डफ्लु संक्रमण फैलिएपछि सदर चिडियाखाना पनि प्रभावित भएको थियो। उपत्यकाका विभिन्न स्थानमा काग तथा अन्य चराचुरुङ्गीमा संक्रमण देखिएपछि २०८३ असार ५ गतेदेखि चिडियाखाना बन्द गरिएको थियो।

करिब एक महिना बन्द रहेपछि साउन १ गतेदेखि चिडियाखाना पुनः सञ्चालनमा आएको हो। अहिले संक्रमणको अवस्था सामान्य रहेको र चिडियाखाना नियमित रूपमा सञ्चालन भइरहेको प्रशासनले जनाएको छ।

एक सय प्रजातिका १२ सय जीवजन्तु

हाल सदर चिडियाखानामा स्तनधारी, चराचुरुङ्गी तथा अन्य विभिन्न प्रजातिका गरी करिब एक सय प्रजातिका १२ सय जीवजन्तु रहेका छन्। बढ्दो आगन्तुक संख्या र सीमित क्षेत्रफलबीच जीवजन्तुको संरक्षण, व्यवस्थापन र अवलोकनकर्ताको सुविधालाई सन्तुलनमा राख्नु चिडियाखाना प्रशासनका लागि चुनौतीपूर्ण बन्दै गएको छ।

दीर्घकालीन रूपमा फराकिलो र प्राकृतिक वातावरणयुक्त खुला चिडियाखाना निर्माण गर्न सकिए जावलाखेलको सदर चिडियाखानामाथिको चाप कम हुनुका साथै जीवजन्तुको व्यवस्थापन र संरक्षणमा समेत थप प्रभावकारी काम गर्न सकिने अपेक्षा गरिएको छ।

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखरा–दुबई उडानलाई दिगो बनाउन पर्यटन व्यवसायीको सक्रियता

लुम्बिनीका तीन नवनियुक्त मन्त्रीले लिए शपथ

सम्बन्धित

उपल्लो मुस्ताङका ६ सय वर्ष पुराना चोर्टेन संरक्षणको पर्खाइमा

 सगरमाथा आरोही संघको अध्यक्षमा दिवस पोखरेल निर्विरोध निर्वाचित

पोखरा–दुबई नियमित उडान सफल बनाउन पर्यटन व्यवसायी र यूएई राजदूतबीच छलफल

पोखरामा नाइट लाइफ : पर्यटनको अवसर कि स्थानीयका लागि समस्या?

नेपालगञ्ज विमानस्थललाई पश्चिम नेपालको प्रमुख पर्यटकीय प्रवेशद्वार बनाउने नाट्टाको संकल्प

केत्तुके बजार र सिद्धिचरण लोकमार्गको तस्बिर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu