ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्र बैंकमा ३४ जनाका लागि जागिर खुल्यो, भदौ २३ सम्म आवेदन दिन सकिने


ABC NEWS
९ भदौ २०८३, मंगलबार   ७ : २५   बजे

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ३४ जना कर्मचारी करार सेवामा नियुक्त गर्न दरखास्त आह्वान गरेको छ। राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले अनलाइन आवेदन खुला गर्दै रक्षक, सिपाही, सवारी चालक, डिस्पेन्सरी तथा कार्यालय सहयोगीलगायत पदमा कर्मचारी माग गरेको हो।

राष्ट्र बैंकले विभिन्न पदमा आवश्यक जनशक्तिका लागि आवेदन माग गरेको जनाएको छ। पदअनुसार आवश्यक शैक्षिक योग्यता तथा अन्य मापदण्ड फरक–फरक तोकिएको छ।

इच्छुक नेपाली नागरिकले भदौ ९ गतेदेखि भदौ २३ गतेसम्म राष्ट्र बैंकको अनलाइन पोर्टलमार्फत आवेदन दिन सक्नेछन्। आवेदनका लागि ८०० रुपैयाँ परीक्षा दस्तुर तोकिएको छ।

उम्मेदवारको उमेर दरखास्त दिने अन्तिम मितिसम्म ४५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ।

लिखितदेखि अन्तर्वार्तासम्म

राष्ट्र बैंकले आवश्यकताअनुसार लिखित परीक्षा, प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता मार्फत उम्मेदवार छनोट गर्ने जनाएको छ।

तर, कुनै पदमा स्वीकृत उम्मेदवारको संख्या २० जना वा सोभन्दा कम भएमा छनोट प्रक्रिया छोट्याउन सकिनेछ। यस्तो अवस्थामा सम्बन्धित पदका लागि लिखित वा प्रयोगात्मक परीक्षा नलिई सिधै अन्तर्वार्ताबाट समेत छनोट गर्न सकिने व्यवस्था गरिएको छ।

६ महिनाको करार

छनोट भएका कर्मचारीसँग प्रारम्भिक रूपमा ६ महिनाका लागि करार सम्झौता गरिने राष्ट्र बैंकले जनाएको छ। पारिश्रमिक तथा अन्य सुविधा बैंकको प्रचलित नियमानुसार उपलब्ध गराइनेछ।

आवश्यकताअनुसार नियुक्त कर्मचारीलाई राष्ट्र बैंकको केन्द्रीय कार्यालय वा प्रदेशस्थित कार्यालयहरूमा खटाउन सकिनेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखरा–दुबई उडानलाई दिगो बनाउन पर्यटन व्यवसायीको सक्रियता

लुम्बिनीका तीन नवनियुक्त मन्त्रीले लिए शपथ

सम्बन्धित

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

चीनले ८ हजारभन्दा बढी वस्तुलाई शून्य भन्सार दिए पनि नेपालबाट निर्यात कमजोर

दुई वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

एनसेल र नेपाल मेडिसिटीबीच सहकार्य, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्शदेखि २० प्रतिशतसम्म छुट

२७ वर्षदेखि बन्द वीरगन्ज चिनी मिल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

आकाशेपुल प्रयोग गर्न आग्रह गर्दा महिला प्रहरीमाथि हातपात, युवक पाँच दिन हिरासतमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu