ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमतीमा नयाँ सत्ता समीकरण: एमाले–नेकपा–राप्रपाबीच सातबुँदे समझदारी, ७ सदस्यीय संयन्त्र गठन


ABC NEWS
९ भदौ २०८३, मंगलबार   ७ : ३५   बजे

हेटौँडा । बागमती प्रदेशमा नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच नयाँ सत्ता समीकरणले औपचारिक रूप लिएको छ। मुख्यमन्त्री किरण थापामगर नेतृत्वको सरकार सञ्चालनका लागि तीन दलबीच साझा समझदारी भएको हो।

तीन दलले सरकारलाई प्रभावकारी र स्थिर रूपमा सञ्चालन गर्न साझा कार्यक्रम बनाएर सहकार्य गर्ने सहमति गरेका छन्। सत्ता साझेदारीअन्तर्गत हाल कायम मन्त्रालयको संख्या नबढाउने र आठ मन्त्रालयलाई नै कायम राख्ने समझदारी गरिएको छ।

सरकारमा दलहरूको सहभागिता र जिम्मेवारी भने प्रदेशसभामा रहेको उनीहरूको दलीय हैसियतका आधारमा तय गरिने भएको छ। त्यस्तै, प्रदेशसभामा रिक्त रहेको सभामुख पद नेपाली कम्युनिस्ट पार्टीको भागमा पर्ने समझदारीसमेत भएको छ।

सत्ता सञ्चालनका लागि ७ सदस्यीय संयन्त्र

तीन दलले सरकार सञ्चालन तथा राजनीतिक समन्वयका लागि सात सदस्यीय संयन्त्र गठन गरेका छन्।

संयन्त्रमा नेकपाबाट रत्नप्रसाद ढकाल, उर्मिला लामा र लक्ष्मण लम्साल, एमालेबाट दिनेशचन्द्र देवकोटा र केशवप्रसाद पोखरेल तथा राप्रपाबाट राजेन्द्र प्रजापति र नुरज बज्राचार्य रहेका छन्।

उक्त संयन्त्रले सत्ता साझेदार दलबीच आवश्यक समन्वय, सरकार सञ्चालनसम्बन्धी सुझाव तथा राजनीतिक समझदारी कायम गर्ने भूमिका निर्वाह गर्नेछ।

सात दिनभित्र न्यूनतम साझा कार्यक्रम

समझदारीअनुसार आगामी सात दिनभित्र प्रदेश सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तयार गरी सार्वजनिक गरिनेछ। तीन दलले सोही साझा कार्यक्रमलाई आधार बनाएर सरकार सञ्चालन गर्ने बताएका छन्।

त्यस्तै, मन्त्रिपरिषद्लाई महिला सहभागितासहित थप समावेशी बनाउने सहमति पनि भएको छ। मन्त्रिपरिषद्को मर्यादाक्रममा मुख्यमन्त्रीपछि नेकपाको तर्फबाट एकजना र त्यसपछि राप्रपाको तर्फबाट एकजना रहने व्यवस्था मिलाइएको छ।

मुख्यमन्त्री किरण थापामगरले विश्वासको मत लिनुअघि नै भएको यस समझदारीसँगै बागमती प्रदेशको सत्ता राजनीति थप स्पष्ट भएको छ। अब तीन दलले गठन गरेको संयन्त्र र उसले तयार गर्ने न्यूनतम साझा कार्यक्रमले सरकारको प्राथमिकता, शक्ति बाँडफाँट र आगामी राजनीतिक दिशा तय गर्नेछ।

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखरा–दुबई उडानलाई दिगो बनाउन पर्यटन व्यवसायीको सक्रियता

लुम्बिनीका तीन नवनियुक्त मन्त्रीले लिए शपथ

सम्बन्धित

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

चीनले ८ हजारभन्दा बढी वस्तुलाई शून्य भन्सार दिए पनि नेपालबाट निर्यात कमजोर

दुई वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

एनसेल र नेपाल मेडिसिटीबीच सहकार्य, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्शदेखि २० प्रतिशतसम्म छुट

२७ वर्षदेखि बन्द वीरगन्ज चिनी मिल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

आकाशेपुल प्रयोग गर्न आग्रह गर्दा महिला प्रहरीमाथि हातपात, युवक पाँच दिन हिरासतमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu