ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाडा अटो शोमा भेस्पा–अप्रिलियाको ‘सेभिङ एक्स्ट्राभागान्जा’, २८ हजार ५ सयसम्मको लाभ


ABC NEWS
९ भदौ २०८३, मंगलबार   ९ : ३५   बजे

काठमाडौं । नेपालमा भेस्पा र अप्रिलियाका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै विशेष ‘द सेभिङ एक्स्ट्राभागान्जा’ योजना सार्वजनिक गरेको छ।

नाडा अटो शो अवधिभर भेस्पा वा अप्रिलिया खरिद तथा बुकिङ गर्ने ग्राहकले २८ हजार ५ सय रुपैयाँसम्मको विशेष लाभ प्राप्त गर्ने कम्पनीले जनाएको छ।

योजनाअन्तर्गत ग्राहकले भेस्पा तथा अप्रिलियाको विशेष ल्यापटप ब्यागसमेत प्राप्त गर्नेछन्। नगद, फाइनान्स वा एक्सचेन्जमार्फत सवारीसाधन खरिद गर्ने ग्राहक यस योजनामा सहभागी हुन सक्नेछन्।

इटालियन क्याफे शैलीको स्टल

यस वर्ष भेस्पाले नाडा अटो शोमा आफ्नो स्टललाई इटालियन क्याफेबाट प्रेरित थिममा तयार गरेको छ। स्टलको डिजाइनमार्फत भेस्पाको इटालियन डिजाइन, जीवनशैली र प्रिमियम अनुभवलाई प्रस्तुत गरिने कम्पनीले जनाएको छ।

प्रदर्शनीमा नयाँ अप्रिलिया एसआर १७५ एचपीई मुख्य आकर्षणका रूपमा रहनेछ। त्यस्तै, लाइलक रङको भेस्पा १२५ र ओरो रङको भेस्पा एस १२५ पनि प्रदर्शनीमा राखिनेछन्।

अप्रिलियातर्फ स्टर्म १२५ र एसआर १६० तथा भेस्पाका जेडएक्स १२५, भेस्पा १२५ र भेस्पा एस १२५ का अन्य रङका मोडलसमेत अवलोकन गर्न सकिनेछ।

नयाँ मोडलसँगै विशेष योजना

डेल्टा अटोकर्पका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय के. महतोले नाडा अटो शोमा भेस्पा र अप्रिलियाका नयाँ मोडल नेपाली ग्राहकसमक्ष प्रस्तुत गर्न पाउँदा खुसी लागेको बताए।

नयाँ अप्रिलिया एसआर १७५ एचपीई तथा लाइलक रङको भेस्पा १२५ र ओरो रङको भेस्पा एस १२५ ले ग्राहकलाई नयाँ विकल्प र फरक अनुभव दिने उनको भनाइ छ।

उनले इटालियन क्याफे थिममा आधारित स्टल र ‘द सेभिङ एक्स्ट्राभागान्जा’ योजनाले यस वर्षको नाडा अटो शोको अनुभव थप विशेष बनाउने विश्वास व्यक्त गरे।

भेस्पा तथा अप्रिलियाका नयाँ मोडल र विशेष योजनाबारे जानकारी लिन इच्छुक ग्राहकले नाडा अटो शो २०२६ को स्टल नम्बर टीडब्लूई–११ मा पुगेर सवारीसाधन अवलोकन तथा खरिद वा बुकिङसम्बन्धी जानकारी लिन सक्नेछन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

उपल्लो मुस्ताङका ६ सय वर्ष पुराना चोर्टेन संरक्षणको पर्खाइमा

 सगरमाथा आरोही संघको अध्यक्षमा दिवस पोखरेल निर्विरोध निर्वाचित

दैनिक १२ सयदेखि बिदाका दिन ५ हजारसम्म आगन्तुक, सदर चिडियाखानामा स्थान अभावको चुनौती

पोखरा–दुबई नियमित उडान सफल बनाउन पर्यटन व्यवसायी र यूएई राजदूतबीच छलफल

पोखरामा नाइट लाइफ : पर्यटनको अवसर कि स्थानीयका लागि समस्या?

नेपालगञ्ज विमानस्थललाई पश्चिम नेपालको प्रमुख पर्यटकीय प्रवेशद्वार बनाउने नाट्टाको संकल्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu