काठमाडौं । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। सरकारले मोहम्मद जयन्तीका अवसरमा मुस्लिम धर्मावलम्बीका लागि आज सार्वजनिक बिदा दिएको छ।
मुस्लिम समुदायले मोहम्मदलाई अल्लाहका सन्देष्टाका रूपमा मान्ने गर्छन्। पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो। पछि उनी मदिना गएका थिए। उनको जन्म भएको ५३ वर्षपछि इस्लामिक पात्रो हिजरी संवत् सुरु भएको मानिन्छ।
मोहम्मद जयन्तीका अवसरमा आज विभिन्न स्थानमा र्याली, सभा, धार्मिक प्रवचन तथा अन्य कार्यक्रम आयोजना हुँदैछन्। काठमाडौंका नेपाली जामे मस्जिद, काश्मिरी जामे मस्जिदलगायतका स्थानमा विशेष कार्यक्रम आयोजना गरिएको छ।
हाल इस्लामिक पात्रोअनुसार हिजरी संवत् १४४८ चलिरहेको छ। मुस्लिम समुदायले मोहम्मद जयन्तीलाई धार्मिक तथा सांस्कृतिक महत्वका साथ मनाउँदै आएका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्