ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अटिजमको संवेदनशील कथा बोकेको ‘पार्वती’ भदौ १२ देखि प्रदर्शनमा


ABC NEWS
१० भदौ २०८३, बुधबार   ९ : ५५   बजे

चितवन । नीता ढुंगाना निर्देशित चलचित्र ‘पार्वती’ भदौ १२ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुने भएको छ। प्रदर्शन मिति नजिकिएसँगै चलचित्रको टोली प्रचारप्रसारका लागि देश दौडाहामा छ।

यसैक्रममा मंगलबार चितवन पुगेको चलचित्र युनिटले पत्रकार सम्मेलन गर्दै ‘पार्वती’ले दर्शकलाई फरक स्वाद दिने दाबी गरेको छ।

पत्रकार सम्मेलनमा निर्देशक, कथाकार तथा अभिनेत्री नीता ढुंगानाले अटिजमको विषयलाई केन्द्रमा राखेर चलचित्र निर्माण गरिएको बताइन्। उनका अनुसार चलचित्रमा अटिजम भएकी एक महिलाको कथा र उनको भाइसँगको प्रेम, आत्मीयता तथा संघर्षलाई प्रस्तुत गरिएको छ।

‘पार्वती’मा नीता आफैँले अटिजम भएकी महिलाको भूमिका निर्वाह गरेकी छन् भने कलाकार अशोक दर्जीले उनका भाइको भूमिका निभाएका छन्।

ढुंगानाले अशोकले चलचित्रमा भाइको चरित्रलाई निकै जीवन्त बनाएको बताइन्। उनले आफूले कल्पना गरेको चरित्रलाई अशोकले न्याय गरेको भन्दै सो भूमिकामा अन्य कलाकारलाई कल्पना गर्नसमेत नसकिने दाबी गरिन्।

अटिजमजस्तो संवेदनशील विषयलाई पर्दामा उतार्नुअघि आफूले लामो समय अध्ययन गरेको ढुंगानाले बताइन्। अटिजम भएका व्यक्तिको दैनिक जीवन, व्यवहार र चुनौतीलाई नजिकबाट नियालेर चरित्र निर्माण गरेको उनको भनाइ छ।

‘अटिजम आफैँमा संवेदनशील विषय हो। त्यसैले लामो समय अध्ययन गरेपछि मात्रै पात्रलाई पर्दामा उतारेकी हुँ,’ उनले भनिन्।

चलचित्रमा भाइको भूमिका निर्वाह गरेका अशोक दर्जीले ‘पार्वती’ सबैले हेर्नुपर्ने सामाजिक कथा बोकेको चलचित्र भएको बताए। उनले चलचित्रले दर्शकलाई मनोरञ्जनसँगै सामाजिक विषयमा सोच्न बाध्य बनाउने विश्वास व्यक्त गरे।

निर्माता हरिहर अधिकारीले चलचित्रको टिजर, ट्रेलर तथा गीतले सकारात्मक प्रतिक्रिया पाइरहेको जानकारी दिए। उनले चलचित्र प्रदर्शनपछि यसको कथा र प्रस्तुतिले नै दर्शकलाई प्रतिक्रिया दिने बताए।

चलचित्रमा नीता ढुंगाना र अशोक दर्जीसँगै दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेललगायत कलाकारको अभिनय छ।

अटिजम भएकी महिलाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक संघर्षलाई कथाको केन्द्रमा राखिएको ‘पार्वती’ भदौ १२ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

🚨 रसुवा बाढी : ड्युटीमा खटिएको सशस्त्र प्रहरी टोली सम्पर्कविहीन(भिडियो)

भोटेकोशी बाढीपीडितको उद्धारका लागि मेडिकल टिमसहित सेनाका दुई हेलिकोप्टर परिचालन

सम्बन्धित

यशको ‘टक्सिक’ नेपालमा प्रदर्शन, आक्रामक शोसहित रिलिज

‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक, लाहुरे परिवारको कथा र सम्बन्धको जटिलता प्रस्तुत

एक दशकपछि निर्देशनमा निखिल, ‘आचार्य’को एक्सनले भरिएको टिजर सार्वजनिक

पल शाहको ‘यानीमाया’को ६ देशमा प्रदर्शन अधिकार बिक्री

६० वर्षमाथिका नागरिकले फिल्म ‘गौँथली’ निःशुल्क हेर्न पाउने

‘माया भनेकै यस्तो होला’को तीज गीत ‘नक्कल पारी’ सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu