ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवाको बाढीले ३०० मेगावाटभन्दा बढीका जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक अनुमान (भिडियो)


ABC NEWS
१० भदौ २०८३, बुधबार   ११ : ३५   बजे

काठमाडौँ । तिब्बततर्फबाट रसुवा हुँदै आएको ठूलो बाढीले त्रिशूली नदी तटीय क्षेत्रमा रहेका ३०० मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको प्रारम्भिक अनुमान ऊर्जा मन्त्रालयले गरेको छ ।

मन्त्रालयका अनुसार बाढीबाट निर्माणाधीन तथा सञ्चालनमा रहेका दुवै प्रकृतिका जलविद्युत् आयोजना प्रभावित भएका छन् । प्रारम्भिक आकलनमा केही आयोजनाका विद्युत्गृह तथा सबस्टेसनमा समेत ठूलो क्षति पुगेको जनाइएको छ ।

https://abcnews.com.np/wp-content/uploads/2026/08/n9GFpLSSzrMklT9H-online-video-cutter.com_.mp4

बाढीबाट रसुवागढी १११ मेगावाट, चिलिमे २२ मेगावाट, त्रिशूली–३ ए ६० मेगावाट, त्रिशूली–३ बी ३७ मेगावाट, मैलुङ १४ मेगावाट र त्रिशूली–बेनिघाट ३५ मेगावाटका आयोजनामा क्षति पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, ५७ मेगावाट क्षमताको साञ्जेन (अप्पर) तथा साञ्जेन जलविद्युत् आयोजनामा समेत बाढीले क्षति पुर्‍याएको प्रारम्भिक विवरण छ ।

ऊर्जा मन्त्रालयका अनुसार क्षतिको यकिन विवरण भने अझै प्राप्त भएको छैन । बाढी प्रभावित आयोजनामा कार्यरत कर्मचारीको अवस्थाबारे समेत विवरण संकलन भइरहेको छ ।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका एक अधिकारीका अनुसार बाढी अझै आइरहेकाले प्रभावित क्षेत्रमा पुगेर क्षतिको विवरण संकलन गर्न कठिनाइ भइरहेको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का प्रमुख कार्यकारी अधिकृत भीमप्रसाद गौतमले पनि जलविद्युत् आयोजनामा भएको क्षतिबारे विवरण संकलन तथा बुझ्ने काम भइरहेको जानकारी दिनुभयो ।

बाढीका कारण आयोजनाका संरचना तथा उपकरणमा भएको क्षतिको विस्तृत विवरण संकलन भएपछि मात्र वास्तविक क्षतिको अवस्था स्पष्ट हुने मन्त्रालयले जनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीको कारण अझै रहस्यमै, हिमपहिरोदेखि ड्याम फुटेसम्मको आशंका

रसुवामा उद्धारका लागि तीन जिल्लाबाट सशस्त्र प्रहरीको थप टोली परिचालन

सम्बन्धित

म्याग्दीमा गहना चोरी गर्ने बारा–पर्साका पाँचजना पक्राउ, यसअघि पनि चोरीमा संलग्न

🚨 रसुवा बाढीपछि प्रतिनिधिसभा बैठक अन्योलमा, प्रधानमन्त्रीको जवाफ दिने कार्यसूची प्रभावित हुनसक्ने

धितोपत्र तथा बीमा ऐनविपरीत कारोबार गरेको आरोपमा चार जना पक्राउ

वन तथा कृषि उद्यममा निजी क्षेत्र, सरकार र वित्तीय संस्थाबीच सहकार्य आवश्यक

मनसुनको ६० दिनमा औसतभन्दा १० प्रतिशत कम वर्षा

नवलपुरमा एक महिनामै १७३ जना सर्पदंशबाट प्रभावित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu