ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशीको बाढी त्रिशूलीतर्फ बढेपछि काठमाडौंमै रोकिए सवारीसाधन


ABC NEWS
१० भदौ २०८३, बुधबार   १२ : २५   बजे

काठमाडौं । चीनतर्फबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ बढ्न थालेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाबाट धादिङ, रसुवा र चितवनतर्फ जाने सवारीसाधन रोकिएको छ।

बाढीका कारण सडक तथा नदी आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने आकलन गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागढुंगा र भीमढुंगा नाका हुँदै बाहिरिने सवारीसाधनलाई काठमाडौंमै रोकेको हो।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार, बाढीको जोखिम कायमै रहेकाले धादिङ, रसुवा र चितवनतर्फ जान लागेका सवारीसाधनलाई तत्काल यात्रा नगर्न आग्रह गरिएको छ।

उनले भने, “जोखिमका कारण त्यसतर्फ जान लागेका सवारीलाई नजान भनिएको छ।”

ट्राफिक प्रहरीले यातायात व्यवसायीलाई समेत ती जिल्लातर्फ सार्वजनिक सवारीसाधन सञ्चालन नगर्न आग्रह गरेको छ। सम्भावित बाढी, सडक अवरोध तथा नदी तटीय क्षेत्रमा बढ्दो जोखिमलाई ध्यानमा राख्दै यो सावधानी अपनाइएको प्रहरीले जनाएको छ।

नागढुंगा र भीमढुंगा नाकाबाट धादिङ, रसुवा र चितवनतर्फ जान लागेका चारपाङ्ग्रे निजी सवारीसाधन र दुईपाङ्ग्रे सवारीसाधनलाई समेत रोक लगाइएको छ।

ट्राफिक प्रहरीले बाढीको बहाव, नदी तटीय क्षेत्रको जोखिम तथा सडकको अवस्थाको निरन्तर अनुगमन भइरहेको जनाएको छ। अवस्था सामान्य भएपछि मात्रै सवारी आवागमन खुला गर्ने वा थप कडाइ गर्नेबारे निर्णय गरिने बताइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन

रसुवा बाढीमा सात जनाको मृत्यु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

US Escalates Iran Sanctions, Threatening Trading Partners With Penalties

Nepal PM Directs Effective Response to Bhotekoshi Flood Disaster

Nepal Party Leaders Call for Prioritizing Rescue Efforts After Deadly Flood

रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन

रसुवा बाढीमा सात जनाको मृत्यु

बाढी प्रभावितको उद्धारका लागि १२ हेलिकोप्टर परिचालन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu