काठमाडौं । आज प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ । भोटेकोसीमा आएको बाढीका कारण प्रधानमन्त्री बालेन्द्र शाह बाढी प्रभावित क्षेत्रको व्यवस्थापन तथा उद्धार कार्यमा व्यस्त हुनुपर्ने भएकाले प्रश्नोत्तर कार्यक्रम स्थगित गरिएको हो ।
संसद् सचिवालयका अनुसार आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले भोटेकोसीमा आएको बाढी तथा त्यसबाट भएको क्षतिबारे सदनलाई जानकारी गराउने तयारी गरिएको छ ।
यसअघि आजको बैठकमा प्रधानमन्त्री शाहले सांसदहरूले सोधेका प्रश्नको प्रत्यक्ष जवाफ दिने कार्यसूची तय गरिएको थियो । तर बाढीका कारण प्रधानमन्त्रीको व्यस्तता बढेपछि उक्त कार्यसूची परिवर्तन गरिएको हो ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा गृहमन्त्री गुरुङले बाढीको अवस्था, उद्धार तथा राहतका विषयमा सदनलाई जानकारी गराउने बताइएको छ ।
कार्यसूचीमा परिवर्तन
प्रधानमन्त्री शाह प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन नसक्ने भएपछि संसद् सचिवालयले बैठकको कार्यसूचीमा परिवर्तन गरेको हो ।
भोटेकोसीमा आएको बाढीबाट भएको क्षति तथा प्रभावितको उद्धार र व्यवस्थापनमा प्रधानमन्त्रीको ध्यान केन्द्रित हुनुपर्ने भएकाले प्रश्नोत्तर कार्यक्रम स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्