काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले रसुवा जिल्लाको बाढी प्रभावित क्षेत्रमा उद्दार तथा राहत कार्यलाई युद्धस्तरमा अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले विपद्को समयमा नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको बताएका छन् ।
डा. कोइरालाले संकटमा परेका नागरिकको सारथि बन्न पार्टीका सम्पूर्ण नेता–कार्यकर्तालाई तत्काल उद्दार कार्यमा जुट्न आग्रह गरेका हुन् । बाढीको बहाव अझ बढ्न सक्ने सम्भावना रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा जानसमेत उनले अपिल गरेका छन् ।
नागरिकको जीवन रक्षा सरकारको दायित्व
कांग्रेस नेता कोइरालाले विपद्को समयमा नागरिकको जीवनरक्षा गर्नु राज्यको मुख्य कर्तव्य भएको जोड दिएका छन् । यसैगरी, उनले पार्टीका सदस्यहरूलाई तत्काल उद्धार कार्यमा सहयोग गर्न निर्देशन दिएका हुन् ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्