ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढीले थिलथिलो नेपाललाई राहतको हात, भारत–चीनसँगै विश्व बैंक अघि सर्‍यो


ABC NEWS
१० भदौ २०८३, बुधबार   ५ : १५   बजे

 

काठमाडौँ । बाढीबाट प्रभावित नेपालमा उद्धार, राहत तथा पुनर्निर्माणका लागि भारत, चीन र विश्व बैंकले सहयोगको प्रतिबद्धता जनाएका छन्।

बाढीको खबर सार्वजनिक भएलगत्तै विश्व बैंकका नेपाल हेर्ने राष्ट्रिय निर्देशक डेविड सिस्लेनले बुधबार बिहान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग समन्वय गर्दै विभिन्न स्रोतबाट आपतकालीन सहयोगस्वरूप २५ अर्ब रुपैयाँसम्म सहयोग गर्न सकिने जानकारी गराएका छन्।

दक्षिणी छिमेकी भारतले बाढीपीडितका लागि तत्काल आवश्यक राहत सामग्रीको सूची उपलब्ध गराउन नेपाल सरकारलाई आग्रह गरेको छ। प्रधानमन्त्री, अर्थमन्त्रीलगायत वरिष्ठ मन्त्रीहरूसँग समन्वय गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय सहयोग सामग्री बुधबार नै काठमाडौं ल्याउने तयारी भइरहेको बताएका छन्।

यस्तै, उत्तरी छिमेकी चीनले पनि तत्काल नगद सहयोग गर्ने भएको छ। सहयोग रकम पठाउने प्रक्रिया अघि बढाउन चिनियाँ राजदूत जाङ्ग माओमिङ्गले अर्थमन्त्रीमार्फत नेपाल सरकारलाई आग्रह गरेका छन्।

छिमेकी मुलुक तथा दातृ निकायबाट प्राप्त सहयोगको प्रतिबद्धताप्रति सरकारका तर्फबाट आभार व्यक्त गर्दै अर्थमन्त्री वाग्लेले सहयोगको मोडालिटी र अन्तरसरकारी समन्वयका विषयमा छलफल भइरहेको बताएका छन्।

सहयोगको विवरण

  • विश्व बैंक: आपतकालीन सहयोगस्वरूप २५ अर्ब रुपैयाँसम्म उपलब्ध गराउन सकिने जानकारी।
  • भारत: बाढीपीडितका लागि आवश्यक राहत सामग्रीको सूची माग गर्दै तत्काल सामग्री उपलब्ध गराउने तयारी।
  • चीन: तत्काल नगद सहयोग गर्ने प्रतिबद्धता र रकम पठाउने प्रक्रिया सुरु गर्न आग्रह।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लाङटाङ खोला जलविद्युत् आयोजना बाढीले क्षतिग्रस्त, ६० जना सम्पर्कविहीन

बाढीले टिमुरे भन्सार डुबायो : १४ कर्मचारी सम्पर्कविहीन, २५० कन्टेनर बगेको अनुमान

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

लाङटाङ खोला जलविद्युत् आयोजना बाढीले क्षतिग्रस्त, ६० जना सम्पर्कविहीन

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

बाढीले टिमुरे भन्सार डुबायो : १४ कर्मचारी सम्पर्कविहीन, २५० कन्टेनर बगेको अनुमान

विपत्तिमा राजनीतिक दल एकजुट : ‘अहिले आलोचना होइन, नागरिकको ज्यान जोगाउने बेला’

Iran and Oman Announce Temporary Shipping Route Through Strait of Hormuz

India Opens Missile Production to Private Sector, Aiming for Self-Reliance

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu