ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा बाढी : ४७७ जना सम्पर्कविहीन, ७९ सुरक्षाकर्मी र ३८४ पर्यटक


ABC NEWS
१० भदौ २०८३, बुधबार   ५ : १५   बजे

काठमाडौं । रसुवा जिल्लामा बुधबार बिहान आएको अचानकको भीषण बाढीपछि ४७७ जना व्यक्ति सम्पर्कविहीन भएका छन्।

सम्पर्कविहीन हुनेमा ७९ जना सुरक्षाकर्मी, १४ जना भन्सार कर्मचारी तथा ३८४ जना स्वदेशी तथा विदेशी पर्यटक रहेका छन्। बाढीले रसुवासहित नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति पुर्‍याएको छ।

७९ सुरक्षाकर्मी सम्पर्कविहीन

परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार २६ जना नेपाल प्रहरी र ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन छन्। त्यस्तै, नेपाली सेनाको टिमुरे र मैलुङ पोस्टमा कार्यरत ४४ जना सुरक्षाकर्मी पनि सम्पर्कमा आएका छैनन्।

यसरी तीनवटै सुरक्षा निकायका गरी ७९ जना सुरक्षाकर्मीको अवस्था अज्ञात रहेको छ।

१४ भन्सार कर्मचारी सम्पर्कविहीन

रसुवागढी भन्सार तथा अध्यागमन कार्यालयका १४ जना कर्मचारी पनि सम्पर्कविहीन रहेको अर्थ मन्त्रालयले जनाएको छ।

रसुवा भन्सारमा ३६ स्थायी दरबन्दीमध्ये प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा रहेका छन्। चार करार तथा ज्यालादारी कर्मचारीमध्ये एक जना सम्पर्कमा आएका छन्।

यसअनुसार ११ स्थायी र ३ करार तथा ज्यालादारी गरी १४ कर्मचारीको खोजी भइरहेको मन्त्रालयले जनाएको छ।

३८४ पर्यटक सम्पर्कविहीन

नेपाल पर्यटन बोर्डका अनुसार बाढीपछि ३८४ जना स्वदेशी तथा विदेशी पर्यटक सम्पर्कविहीन भएका छन्।

सम्पर्कविहीन पर्यटकमध्ये २९१ जना विदेशी र ९३ जना नेपाली रहेका छन्। विदेशी पर्यटकमध्ये मात्रै १०५ जनाभन्दा बढी भारतीय नागरिक रहेको बोर्डले जनाएको छ।

हराइरहेका पर्यटकको अवस्था पत्ता लगाउन पर्यटन बोर्डले विभिन्न सरकारी तथा सुरक्षा निकायसँग समन्वय गरी विवरण संकलन गरिरहेको छ।

खोजी तथा उद्धार जारी

बुधबार बिहान करिब साढे ८ बजे चीनको तिब्बततर्फबाट आएको बाढी भोटेकोसी नदीमा प्रवेश गरेपछि रसुवामा ठूलो क्षति भएको हो।

बाढीले मानिससँगै सडक, पुल, जलविद्युत् आयोजना, सरकारी तथा निजी संरचनामा समेत ठूलो क्षति पुर्‍याएको छ। सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेको र थप विवरण संकलन भइरहेको सम्बन्धित निकायले जनाएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लाङटाङ खोला जलविद्युत् आयोजना बाढीले क्षतिग्रस्त, ६० जना सम्पर्कविहीन

बाढीले टिमुरे भन्सार डुबायो : १४ कर्मचारी सम्पर्कविहीन, २५० कन्टेनर बगेको अनुमान

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

लाङटाङ खोला जलविद्युत् आयोजना बाढीले क्षतिग्रस्त, ६० जना सम्पर्कविहीन

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

बाढीले टिमुरे भन्सार डुबायो : १४ कर्मचारी सम्पर्कविहीन, २५० कन्टेनर बगेको अनुमान

विपत्तिमा राजनीतिक दल एकजुट : ‘अहिले आलोचना होइन, नागरिकको ज्यान जोगाउने बेला’

Iran and Oman Announce Temporary Shipping Route Through Strait of Hormuz

India Opens Missile Production to Private Sector, Aiming for Self-Reliance

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu