ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समयमै विद्यालयमा पुग्ने यिनको अधुरो रहर..


admin
५ बैशाख २०७५, बुधबार   २ : ५५   बजे

बर्दिया, ५ बैशाख । ‘पढने इच्छा सानै बाट हो , साथीभाई स्कुलमा घन्टि वज्यो भने झन दोडिदै विद्यालय जाने गर्दछन , आफु भने आमाको भर पर्नु पर्छ आफै हिडेर जान सक्ने अवस्था छैन अहिले सम्म कसैले ह्विचियर समेत दिएको छैन ।’ यो भनाई बर्दिया गेरुवागाउपालिका वार्ड न ३ लोहापुरकी १५ वर्षिय सुसिला थारुको हो ।

शारिरिकरुपमा अशक्त रहेकी सुसीलालाई विद्यालय कहिले काहि चाडै पुग्न पाए हुन्थो भन्ने हुन्छ तर आमाले खाना पकाउने खुवाउने काम गरीसकेपछि कपडा लगाउदा ढिलो भैहाल्छ । कहिले काहि त पहिलो घन्टि समेत छुटछ ।

सुसीलाको घर देखि करिब १५ मिनेको दुरिमा छ सरस्वति आधारभुत विद्यालय त्यहि विद्यालयमा कक्षा ७ मा पढ्ने सुसीलालाई दैनिक आमाले विधालय छोड्न जान्छिन् ।

राम थारु र खोज्या थारुकी छैटौ सन्तानको रुपमा जन्मिएकी सुसीला जन्मदै दुवै हात दुवै खुटटा कमजोर थिए। अहिले पनि उनि भित्र बाहिर गर्दा वसेर यताउता गर्छिन। उमेर अनुसार उनको उचाईपनि वढेको छैन । बाहिर कतै जानु पर्रो भने आमाले काखामा राखेर लैजाने गरेकी छिन ।

सुसीलाको विद्यालय नियमित हुदैन । कहिले काहि घरको काम सकिएन भने विद्यालय जान उनि वन्चित हुन्छिन । अनि आमा विरामी परेपछि पनि विद्यालय छुटने गर्दछ । उनको बुवा खेति किसानी गर्दछन १ विघाह ६ कठठा जमिन छ त्यहि जमिनबाट उव्जाएको अन्न बालिले ६ जनाको परिवार पालिने गर्दछ । त्यहि बाकि वचेको अन्न खाद्यान्न वेचेर औषधि खर्च , स्वास्थ्य उपचार खर्च लगायत सवै खर्च चल्ने गरेको छ ।

आर्थिक अभावकै कारण सुसीलाको कहि कतै उपचार नगरिएको बुवा पतिराम थारुले बताए,’ पैसा नै छैन कसरी उपचार गर्नु र ! काम नगरी खान पुग्दैन बालवच्चा पाल्नै पर्रो फेरि उपचार गरेर ठिक होला जस्तो पनि लाग्दैन’ उनि भन्छन् ।

सुसीलाले अहिले सारिरीक अपाङ्ग भएका कारण मासिक २ हजार रुपैया बुझने गरेकी छिन । तर त्यतिले मात्रै उनलाई पुगेको छैन । विद्यालय समयमै पुग्ने ठुलो धोको छ तर कहिलै सकिन आवाज पनि स्पष्ट नआउने सुसीलाले सकी नसकी भनिन् । ‘एउटा ह्विलचेयर भएको भए धेरै सजिलो हुन्थ्यो तर खै कसरी किन्ने हो वावाले पैसा छैन भन्नुहुन्छ’, उनले थपिन ।

यतिखेर सवै विद्यार्थि भर्ना अभियानमा दौडिरहेका छन तर विद्यालय गैरहेकाहरु मध्ये अपाङ्ग वालवालिको अवस्था के छ भनेर कसैले चासो लिएको पाइदैन । यस विषयमा गेरुवा गाउपालिका समेत अनविज्ञ रहेको छ । सुसीलाजस्तै फरक क्षमता भएका विधार्थीको समयमै विधालय पुग्ने चाहना पुरा कहिले हुने हो यसै भन्न सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu