ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लाङटाङ खोला जलविद्युत् आयोजना बाढीले क्षतिग्रस्त, ६० जना सम्पर्कविहीन


ABC NEWS
१० भदौ २०८३, बुधबार   ६ : ४५   बजे

रसुवा । रसुवा जिल्लामा निर्माणाधीन लाङटाङ खोला जलविद्युत् आयोजना भोटेकोसी नदीमा आएको भीषण बाढीले ठूलो क्षति व्यहोरेको छ। एक सातापछि विद्युत् उत्पादन सुरु गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडिने तयारी गरिरहेको सो आयोजनाको पावर हाउस बाढीले पूर्णरूपमा बगाएको छ। बाढीका कारण करिब ६० जना कर्मचारी तथा मजदुर सम्पर्कविहीन भएका छन्।

बुधबार बिहान चीनको तिब्बततर्फबाट आएको भोटेकोसी नदीको बाढीले आयोजना क्षेत्रमा व्यापक क्षति पुर्‍याएको हो। निर्माण कम्पनी मल्टी इनर्जी प्रालिका प्रबन्ध निर्देशक विजयमोहन भट्टराईका अनुसार, बाढी आउँदा कर्मचारी र मजदुरहरू सुरुङभित्र कंक्रिट ढलानको काम गरिरहेका थिए। आयोजनामा मल्टी इनर्जीका २५ जना इन्जिनियर, ओभरसियर, गार्ड र भान्छेसहित पेटी कन्ट्र्याक्टरतर्फका ३५ जना मजदुर कार्यरत थिए, जो बिहानदेखि सम्पर्कमा नरहेको भट्टराईले जानकारी दिए।

‘अर्को साता बत्ती बाल्ने तयारी थियो। तीन दिनअघि मात्रै फिल्डमा गएर आएको थिएँ,’ प्रबन्ध निर्देशक भट्टराईले भने, ‘आयोजना त फेरि बनाउँला, तर हाम्रा काबिल इन्जिनियर र मजदुरहरूको अवस्था अज्ञात हुँदा मन बेचैन भएको छ।’ उनका अनुसार बाढीले आयोजनाको पावर हाउसको संरचना नै नरहने गरी क्षति पुर्‍याएको छ। प्राकृतिक जलसतहभन्दा करिब १ सय २५ मिटर माथिसम्म बाढी उफ्रेको थियो।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का सचिवसमेत रहेका भट्टराईले यो घटनालाई सामान्य बाढी नभई ‘महाप्रलय’ को संज्ञा दिएका छन्। अहिले आयोजनाको क्षतिभन्दा पनि सम्पर्कविहीन कर्मचारी तथा मजदुरको खोजीलाई प्राथमिकता दिनुपर्ने उनले बताए। ‘प्रोजेक्ट त फेरि बनाऔँला, तर मान्छे कहाँबाट ल्याउने?’ भन्दै मानवीय क्षति नै सबैभन्दा ठूलो चिन्ताको विषय भएको बताए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीको प्रलयले ऊर्जा क्षेत्रमा बज्रपात : १२ विद्युत् केन्द्र बन्द, ४३१ मेगावाट उत्पादन ठप्प

राष्ट्रपतिको प्रधानमन्त्री बालेनलाई फोन : ‘बाढीपीडितको उद्धारमा राज्यका सबै संयन्त्र परिचालन गरियोस्’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोशीको प्रलयले ऊर्जा क्षेत्रमा बज्रपात : १२ विद्युत् केन्द्र बन्द, ४३१ मेगावाट उत्पादन ठप्प

राष्ट्रपतिको प्रधानमन्त्री बालेनलाई फोन : ‘बाढीपीडितको उद्धारमा राज्यका सबै संयन्त्र परिचालन गरियोस्’

‘म बाँचेँ, तर मेरा श्रीमती र चारै छोराछोरी बगाए’ : टिमुरे बाढीपीडित गिरीलालको दर्दनाक कथा

देउवाको माग सर्वोच्चबाट अस्वीकार, कांग्रेसको आधिकारिकतासम्बन्धी फैसला संशोधन नहुने

Xi Jinping Focuses on Regional Partnerships to Build ‘Shared Future’ with Neighbors

Xi Jinping Orders ‘All-Out’ Response After Mudslide Impacts Border Port

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu