ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिशूली–नारायणी किनारमा ६४ शव फेला, भरतपुर अस्पतालको शवगृह भरियो


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ७ : १५   बजे

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी नदी किनारमा हालसम्म ६४ वटा शव फेला परेका छन्। फेला परेकामध्ये केही शव पूर्ण अवस्थामा रहेका छन् भने केही मानव शरीरका अंग मात्र भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार नदी किनारबाट फेला पारिएका शवहरू भरतपुर अस्पतालको शवगृहमा राखिएको छ। तर, शवको संख्या बढ्दै जाँदा अस्पतालको शवगृहमा पर्याप्त स्थान अभाव भएको छ।

तनहुँ जिल्लामा फेला परेका नौवटा शवसमेत व्यवस्थापनका लागि चितवन ल्याइएको थियो। तर भरतपुर अस्पतालको शवगृहमा स्थान अभाव भएपछि ती शव पुनः तनहुँ नै फिर्ता पठाइएको प्रहरीले जनाएको छ।

शव खोजी कार्य जारी

भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदी प्रणालीमा बगेर आएका बेपत्ता व्यक्तिको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना निरन्तर परिचालित रहेका छन्।

तीनवटै सुरक्षा निकायले नदी किनार तथा आसपासका क्षेत्रमा शव र बेपत्ता व्यक्तिको खोजी कार्यलाई निरन्तरता दिएका छन्। बाढीबाट ठूलो संख्यामा मानिस बेपत्ता भएकाले नदीको तल्लो तटीय क्षेत्रमा पनि खोजी कार्य विस्तार गरिएको छ।

शव व्यवस्थापनका लागि वैकल्पिक स्थानको तयारी

भरतपुर अस्पतालको शवगृहमा शव अटाउन नसक्ने अवस्था आएपछि थप फेला पर्ने शवको व्यवस्थापनका लागि वैकल्पिक स्थानको खोजी थालिएको छ।

प्रहरीका अनुसार अब फेला पर्ने शवलाई व्यवस्थित रूपमा राख्न औद्योगिक क्षेत्रभित्र रहेको एक औद्योगिक प्रतिष्ठानको कार्यालय प्रयोग गर्ने तयारी गरिएको छ। शवको पहिचान, व्यवस्थापन तथा आवश्यक कानुनी प्रक्रिया सहज बनाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुग्लिन–नारायणगढ सडक अनिश्चितकालका लागि बन्द, अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह

रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन, देशभरबाट ३ हजारभन्दा बढी प्रहरी परिचालन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Wildfires Claim At Least 12 Lives in Northeastern Algeria

Brazil Sues Discord Over Alleged Failures to Protect Young Users

Federal Reserve Governor Lisa Cook Defends Against Trump Administration’s Removal Efforts

Northern Nigerian Basketball Initiative Empowers Girls Through Sport

Rastriya Swatantra Party Pledges Rs. 5 Million for Nepal Flood Relief

मुग्लिन–नारायणगढ सडक अनिश्चितकालका लागि बन्द, अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu