ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसद धनञ्जय रेग्मीले दिए सरकारलाई पूर्वतयारीको चेतावनी-‘४७ एटमबमजस्ता हिमताल’


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ७ : ४५   बजे

 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पर्वतीय भू–आकृति विज्ञान एवं हिमनदी विज्ञानका विज्ञ डा. धनञ्जय रेग्मीले नेपालका हिमाली क्षेत्रमा देखिन थालेका असामान्य प्राकृतिक घटनालाई भविष्यमा आउन सक्ने गम्भीर हिमजन्य विपत्तिको चेतावनीका रूपमा लिन सरकारलाई आग्रह गरेका छन्।

पछिल्लो समय भोटेकोशी क्षेत्रमा भएको विनाशकारी बाढीलाई भविष्यमा आउन सक्ने ठूलो विपत्तिको ‘साइरन’ का रूपमा व्याख्या गर्दै उनले नेपालले विपत्ति आएपछि मात्र सक्रिय हुने पुरानो शैली त्यागेर जोखिम पहिचान, वैज्ञानिक निगरानी र पूर्वतयारीमा लगानी गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा आफ्नो अध्ययन र अनुभवका आधारमा विषय उठाउन खोजेका डा. रेग्मीले समय अभावका कारण विस्तृत धारणा राख्न नपाएपछि नेपाल प्रेससँगको अन्तर्वार्तामा हिमताल, हिमपहिरो र हिमाली जोखिमबारे गम्भीर चेतावनी दिएका हुन्।

नेपाल र आसपासमा ४७ जोखिमपूर्ण हिमताल

डा. रेग्मीका अनुसार नेपाल र आसपासका क्षेत्रमा रहेका ठूला हिमताल भविष्यका सम्भावित गम्भीर जोखिम हुन्। उनले ती हिमताललाई रूपकात्मक रूपमा ‘४७ वटा एटमबमजस्ता हिमताल’ भन्दै समयमै जोखिम न्यूनीकरणका उपाय नअपनाए ठूलो जनधनको क्षति हुन सक्ने चेतावनी दिएका छन्।

उनका अनुसार नेपालमा २१ वटा, चीनको तिब्बत क्षेत्रमा २५ वटा र भारतमा एउटा गरी जम्मा ४७ वटा ठूला जोखिमयुक्त हिमताल रहेका छन्।

“ताल चीनमा छ भनेर नेपाल सुरक्षित हुन्छ भन्ने हुँदैन,” उनको भनाइ छ।

नेपालका धेरै नदी प्रणाली सीमापार हिमाली क्षेत्रबाट आउने भएकाले माथिल्लो क्षेत्रमा हुने हिमताल विस्फोट, हिमपहिरो वा अन्य प्राकृतिक घटनाको प्रत्यक्ष प्रभाव नेपालका तल्लो तटीय क्षेत्रमा पर्न सक्ने उनले औंल्याएका छन्।

बस्ती सार्नु मात्र समाधान होइन

जोखिम न्यूनीकरणका लागि सबैभन्दा पहिले वैज्ञानिक मूल्याङ्कन आवश्यक रहेको डा. रेग्मीको भनाइ छ। सम्भावित जोखिम भएका सबै बस्ती हटाउनु व्यावहारिक समाधान नहुने भन्दै उनले हिमतालको पानीको सतह घटाउने, नियमित वैज्ञानिक निगरानी गर्ने र प्रभावकारी पूर्वसूचना प्रणाली स्थापना गर्नुपर्ने सुझाव दिएका छन्।

उनका अनुसार जहाँ सम्भव हुन्छ, जोखिमयुक्त हिमतालको पानीको सतह घटाएर दबाब कम गर्न सकिन्छ। प्रविधिको प्रयोगबाट हिमताल र हिमाली भूभागको निरन्तर निगरानी गर्न सकिने तथा जोखिम देखिएमा साइरन, मोबाइल सन्देश र अन्य पूर्वचेतावनी प्रणालीमार्फत स्थानीय नागरिकलाई समयमै सुरक्षित स्थानमा सार्न सकिन्छ।

उनले बस्ती स्थानान्तरणलाई अन्तिम विकल्पका रूपमा मात्र लिनुपर्ने धारणा राखेका छन्।

राहतभन्दा पूर्वतयारीमा बजेटको माग

डा. रेग्मीले नेपालमा विपद् आएपछि उद्धार, राहत र क्षतिपूर्तिमा ठूलो रकम खर्च गर्ने तर विपद् आउनुअघि जोखिम न्यूनीकरणमा पर्याप्त लगानी नगर्ने प्रवृत्ति परिवर्तन गर्नुपर्ने बताएका छन्।

हिमताल तथा हिमपहिरोको जोखिम भएका क्षेत्रमा पूर्वचेतावनी प्रणाली, साइरन, सञ्चार उपकरण, वैज्ञानिक अध्ययन र नियमित अनुगमनका लागि सरकारले हरेक वर्षको बजेटमै छुट्टै रकम व्यवस्था गर्नुपर्ने उनको सुझाव छ।

उनको भनाइमा, समयमै जोखिमको सूचना दिन सकिएमा ठूलो जनधनको क्षति रोक्न सकिन्छ। नेपालसँग प्रविधि र दक्ष जनशक्ति दुवै भए पनि तिनको योजनाबद्ध र प्रभावकारी प्रयोग हुन नसकेको उनको तर्क छ।

‘हिमविपद्का लागि छुट्टै फोर्स चाहिन्छ’

सामान्य बाढी, पहिरो र हिमाली क्षेत्रमा उत्पन्न हुने हिमजन्य विपत्तिको प्रकृति फरक भएकाले हिमविपद्का लागि विशेष दक्ष जनशक्ति र छुट्टै विशेषज्ञ संयन्त्र आवश्यक रहेको डा. रेग्मीले बताएका छन्।

“हिमविपद्का लागि छुट्टै फोर्स चाहिन्छ,” उनको भनाइ छ।

नेपालमा उत्पादन भएका तथा विदेशमा अध्ययन र अनुसन्धान गरिरहेका हिमाली भूगोल, हिमनदी विज्ञान, जलवायु र विपद् व्यवस्थापनका विज्ञलाई राष्ट्रिय तयारीमा जोड्नुपर्ने उनको प्रस्ताव छ। उनले ‘हिमविपद् प्रतिरोधी राष्ट्रिय जनशक्ति’ निर्माणमा सरकारले दीर्घकालीन योजना बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

काठमाडौँ विश्वविद्यालयलगायत विभिन्न शैक्षिक संस्थाबाट दक्ष जनशक्ति उत्पादन भए पनि स्वदेशमा पर्याप्त अवसर र अनुसन्धानको वातावरण नहुँदा धेरै विज्ञ विदेशिन बाध्य भएको उनले बताएका छन्।

भोटेकोशीको विपत्तिबाट पाठ सिक्ने कि फेरि अर्को विपत्तिको प्रतीक्षा गर्ने?

डा. धनञ्जय रेग्मीको चेतावनीले नेपालमा विपद् व्यवस्थापनको मूल प्रश्न फेरि उठाएको छ—हामी विपत्ति आएपछि मात्र उद्धार र राहतमा केन्द्रित भइरहने कि विपत्ति आउनुअघि नै त्यसको जोखिम पहिचान गरेर तयारी गर्ने?

भोटेकोशी क्षेत्रमा भएको पछिल्लो विनाशकारी घटनाको कारणबारे वैज्ञानिक अनुसन्धान जारी रहे पनि यस घटनाले हिमाली क्षेत्रबाट उत्पन्न हुन सक्ने सीमापार जोखिम, हिमताल, हिमपहिरो र आकस्मिक बाढीप्रति राष्ट्रिय तयारीको आवश्यकता स्पष्ट पारेको छ।

डा. रेग्मीको मुख्य सन्देश पनि यही हो—विपत्ति आएपछि आत्तिएर उद्धार गर्नुभन्दा सम्भावित जोखिम पहिचान गरेर पूर्वतयारी गर्नु धेरै सस्तो, सुरक्षित र प्रभावकारी हुन्छ।

अब प्रश्न सरकारसामु छ—भोटेकोशीको विपत्तिलाई केवल अर्को प्राकृतिक दुर्घटनाका रूपमा लिइन्छ, वा यसलाई भविष्यमा आउन सक्ने अझ ठूलो हिमजन्य जोखिमको चेतावनी मानेर वैज्ञानिक, प्राविधिक र संस्थागत तयारीको नयाँ अध्याय सुरु गरिन्छ?

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

 मकवानपुरका ४० जनाको अवस्था बुझ्न प्रशासनसँग आग्रह

बाढीमा इन्जिनियर सुनिल कुशवाहा सम्पर्कविहीन, खोजीका लागि परिवारको अपिल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

उपमेयरमाथि कर्मचारीमाथि हातपात गरेको आरोप, भनिन्– ‘कुटपिट गरेको होइन’

लगातार दोस्रो जितपछि ह्याट्रिकको लक्ष्यमा नेपाल ‘ए’, आज किंग्समेनसँग भिड्दै

 मकवानपुरका ४० जनाको अवस्था बुझ्न प्रशासनसँग आग्रह

बाढीमा इन्जिनियर सुनिल कुशवाहा सम्पर्कविहीन, खोजीका लागि परिवारको अपिल

रसुवाको बाढीमा बगेका थप ६ जनाको शव तनहुँमा फेला

भोटेकोशी–त्रिशूलीको विपत्ति : हिमाली सुनामीले दिएको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu