ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशी बाढीपछि कालोबजारी नगर्न व्यवसायीलाई सरकारको चेतावनी


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ८ : ५५   बजे

 

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि दैनिक उपभोग्य वस्तु तथा सेवाको आपूर्ति सहज बनाउन उद्योगी तथा व्यवसायीलाई आग्रह गरेको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विपद्बाट प्रभावित क्षेत्रमा आवश्यक वस्तुको आपूर्ति नियमित राख्न सम्पूर्ण उद्योगी, व्यवसायी तथा आम उपभोक्तालाई सहयोग गर्न अनुरोध गरेको हो।

विभागले खाद्यान्न तथा औषधोपचारका सामग्रीलाई पहिलो प्राथमिकतामा राखेर सहज उपलब्ध गराउन आग्रह गरेको छ। यस्तै, जोखिमयुक्त स्थानमा रहेका पसल तथा गोदाम सुरक्षित स्थानमा सार्न र स्थानीय प्रशासनसँग समन्वय गरी अत्यावश्यक वस्तुको वितरण व्यवस्थित गर्न व्यवसायीलाई आग्रह गरिएको छ।

विपद्को कठिन परिस्थितिको फाइदा उठाउँदै कालोबजारी, कृत्रिम अभाव तथा अनुचित मूल्यवृद्धि हुन सक्ने भन्दै विभागले त्यस्ता गतिविधिमाथि निरन्तर निगरानी भइरहेको जनाएको छ।

गुनासो भए तत्काल जानकारी दिन आग्रह

विभागले बजारमा अनुचित व्यापारिक गतिविधि भएको वा उपभोक्ता अधिकार हनन हुने काम भएको पाइए तत्काल जानकारी गराउन आग्रह गरेको छ।

उपभोक्ताले विभागको वेबसाइटमा रहेको गुनासो पोर्टल, क्यूआर कोड, टोल–फ्रि हटलाइन ११३६, इमेल वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सिधै उजुरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको विभागले जनाएको छ।

कानुनविपरीत गतिविधिमा कडा कारबाही

विभागले विपद्को समयमा कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने वा अनुचित मूल्यवृद्धि गर्ने जस्ता कानुनविपरीत गतिविधि गरेको पाइए कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ।

विपद् व्यवस्थापनमा सहयोग गर्न, अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन र बजार स्वच्छता कायम राख्न विभागले उद्योगी, व्यवसायी तथा सम्बन्धित सबै पक्षलाई अपिल गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्डको आरोप– ‘प्रधानमन्त्रीले संसद्को रोस्ट्रममा गलत तथ्य प्रस्तुत गरे’

भदौ १०को विपद्बारे चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन सार्वजनिक

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रचण्डको आरोप– ‘प्रधानमन्त्रीले संसद्को रोस्ट्रममा गलत तथ्य प्रस्तुत गरे’

भदौ १०को विपद्बारे चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन सार्वजनिक

हेभिवेट एसियाली राष्ट्रसँग भिड्दै नेपाल, ब्याडमिन्टनमा क्वार्टरफाइनल लक्ष्य

कांग्रेस इतर समूहले छुट्टै महाधिवेशनको तयारी थाल्यो

रसुवा बाढीबारे संसद्बाट विशेष प्रस्ताव पारित

Criminal Fraudsters Threaten America’s Public Lands and Wildlife

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu