ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ दूतावासको स्पष्टीकरण, ‘पूर्वसूचना नदिएको आरोप तथ्यहीन’


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ९ : ५५   बजे

काठमाडौं । नेपाल–चीन सीमावर्ती रसुवागढी–केरुङ क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीपहिरोको घटनाबारे काठमाडौंस्थित चिनियाँ दूतावासले स्पष्टीकरण जारी गर्दै चीनले पूर्वसूचना नदिँदा नेपालतर्फ क्षति भएको भन्ने दाबी तथ्यहीन रहेको जनाएको छ।

दूतावासले विज्ञप्तिमार्फत चिनियाँ भूभागमा बनेको कुनै भौगर्भिक बाँध भत्किँदा नेपालतर्फ ठूलो क्षति पुगेको भन्ने समाचारसमेत निराधार रहेको दाबी गरेको छ।

दूतावासका अनुसार सन् २०२६ अगस्ट २६ को बिहान नेपालतर्फको भूभागमा भूकम्प वा त्यससँग मिल्दोजुल्दो हिमनदी अथवा हिम–चट्टान भत्कने प्रकृतिको घटना भएको थियो। उक्त प्राकृतिक घटनापछि ठूलो मात्रामा लेदो, ढुङ्गा र गेग्रानसहितको पहिरो तथा बाढी आएको दूतावासको भनाइ छ।

May be an image of text that says "China did not issue an early warning to the Nepali side, resultingin in sign ificant casualties on Fake the theNepali Nepaliside The collapse of the geological disaster dam on the Chinese side caused major losses to the Nepali side. An earthquake or earthquake like glacier collapse occured on the Nepali side on the morningo rningofAugust August 26, 2026, triggering hugemudslides, which caused significant casualties and left people missingo on both the Nepali and Chinese sides of the Gyirong- irong-Rasuwagadhi border region. Accusation helps nothing Cooperation saves lives"

नेपाल र चीन दुवैतर्फ मानवीय क्षति

चिनियाँ दूतावासले उक्त प्राकृतिक विपद्बाट नेपालतर्फ मात्र नभई चीनको ग्याइरोङ क्षेत्रसमेत प्रभावित भएको जनाएको छ। घटनामा दुवैतर्फ मानवीय तथा भौतिक क्षति भएको र केही मानिस बेपत्ता भएको उल्लेख गरिएको छ।

दूतावासले घटनाको वास्तविक कारणबारे वैज्ञानिक तथा प्राविधिक मूल्याङ्कन आवश्यक रहेको जनाउँदै विपद्को समयमा आरोप–प्रत्यारोपमा केन्द्रित हुनुभन्दा उद्धार, राहत र प्रभावित नागरिकको जीवनरक्षाका लागि सहकार्य गर्नुपर्नेमा जोड दिएको छ।

‘आरोप–प्रत्यारोप होइन, सहकार्य आवश्यक’

विज्ञप्तिमा नेपाल र चीन दुवै देश प्राकृतिक विपत्तिबाट प्रभावित भएकाले यस कठिन परिस्थितिमा एकअर्कामाथि आरोप लगाउनुभन्दा द्विपक्षीय समन्वय र सहकार्यलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ।

दूतावासले सीमापार प्राकृतिक विपद्को प्रभाव सामना गर्न दुवै देशका सम्बन्धित निकायबीच सूचना आदानप्रदान, वैज्ञानिक अनुसन्धान, उद्धार तथा राहत कार्यमा समन्वय आवश्यक रहेको जनाएको छ।

रसुवागढी–केरुङ क्षेत्रको पछिल्लो विपत्तिको कारणबारे विभिन्न वैज्ञानिक तथा प्राविधिक अध्ययन भइरहेका बेला चिनियाँ दूतावासले आफ्नो धारणा सार्वजनिक गर्दै बाढीको कारण, पूर्वसूचना र सीमापार प्रभावसम्बन्धी फैलिएका केही दाबीलाई अस्वीकार गरेको हो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित ६ जिल्लामा नदी किनारबाट टाढा रहन अमेरिकी दूतावासको आग्रह

रसुवाको बाढी–पहिरोमा ८२६ जना अझै सम्पर्कविहीन, १६५ शव फेला

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बाढी प्रभावित ६ जिल्लामा नदी किनारबाट टाढा रहन अमेरिकी दूतावासको आग्रह

रसुवाको बाढी–पहिरोमा ८२६ जना अझै सम्पर्कविहीन, १६५ शव फेला

रोहितको अर्धशतकपछि मलेसियासामु नेपालको १७१ रनको लक्ष्य

सञ्चारमन्त्री तिमिल्सिनाद्वारा बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी

टिमुरेबाट १०५ जनाको उद्धार, टनेलबाट थप ७ जना निकालिए

रसुवा बाढीमा मृत्यु भएका ९ जनाको शव पोस्टमार्टमका लागि पोखरा ल्याइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu