काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र बंगलादेशका परराष्ट्रमन्त्री डा. खलिलुर रहमानबीच बिहीबार टेलिफोन वार्ता भएको छ। नेपालमा बुधबार आएको विनाशकारी विपद्पछि जारी खोज, उद्धार तथा राहत कार्यका विषयमा दुई देशका परराष्ट्रमन्त्रीबीच छलफल भएको हो।
वार्ताका क्रममा बंगलादेश सरकारले नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउने प्रस्ताव गरेको भन्दै परराष्ट्रमन्त्री खनालले बंगलादेश सरकारप्रति आभार व्यक्त गरेका छन्।
परराष्ट्रमन्त्री खनालले विपद्बाट प्रभावित नागरिकका लागि आवश्यक पर्ने सहयोगका विषयमा नेपालले बंगलादेशसँग निरन्तर समन्वय गर्ने बताएका छन्।
भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत वितरणको काम जारी छ। यही परिस्थितिमा दुई देशका परराष्ट्रमन्त्रीबीच टेलिफोन वार्ता भएको हो।
सहयोग र समन्वयमा जोड
नेपालमा जारी विपद् प्रतिकार्य अभियानका लागि अन्तर्राष्ट्रिय सहयोग जुट्ने क्रम जारी रहेका बेला बंगलादेशले समेत आवश्यक सहयोग गर्न तत्परता देखाएको छ।
दुवै देशका परराष्ट्रमन्त्रीबीच भएको कुराकानीमा प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत कार्य र आवश्यक मानवीय सहयोगका विषयमा समन्वय गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्