ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषि तथा वन विज्ञान विश्वविद्यालयका सबै परीक्षा स्थगित


ABC NEWS
११ भदौ २०८३, बिहिबार   १ : २५   बजे

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरले पूर्वनिर्धारित सम्पूर्ण परीक्षा स्थगित गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको सूचना तथा देशमा उत्पन्न प्राकृतिक विपत्तिका कारण सिर्जित प्रतिकूल परिस्थितिलाई ध्यानमा राख्दै विश्वविद्यालयले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहद्वारा जारी सूचनाअनुसार भदौ ११ गतेदेखि सञ्चालन हुने भनिएका सम्पूर्ण परीक्षा तत्कालका लागि स्थगित गरिएका छन्।

विश्वविद्यालयले स्थगित परीक्षाको नयाँ तालिका यथाशीघ्र सार्वजनिक गरिने जनाएको छ।

प्राकृतिक विपत्तिका कारण निर्णय

भदौ १० गते देशका विभिन्न भागमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएपछि सिर्जित परिस्थितिलाई मध्यनजर गर्दै परीक्षा स्थगित गरिएको विश्वविद्यालयले जनाएको छ।

विश्वविद्यालय परिवारले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति गहिरो दुःखसमेत व्यक्त गरेको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयबाट प्राप्त सूचनालाई समेत आधार बनाउँदै हालको प्रतिकूल परिस्थितिमा परीक्षा सञ्चालन गर्न कठिनाइ हुने निष्कर्षसहित सम्पूर्ण पूर्वनिर्धारित परीक्षा तत्कालका लागि स्थगित गरिएको विश्वविद्यालयले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एक्स्ट्रीम इनर्जी ड्रिंक्सद्वारा बाढी प्रभावितलाई १ करोड सहयोग

रसुवा बाढीपछि सुदूरपश्चिममा १०१ जना सम्पर्कविहीन

सम्बन्धित

बाढीको आतंकमा १,६४३ विद्यार्थीको विद्यालय : कति सुरक्षित, कति सम्पर्कविहीन ?

भोटेकोसी बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय बगायो

रसुवा बाढीको असर : नुवाकोटको त्रिशूली परीक्षा केन्द्रमा एमबीएस परीक्षा स्थगित

छोराको लामो कपालले अभिभावक र विद्यालयलाई तनाव : ‘कपाल काट्दिनँ’ भन्न थाले किशोर

शुक्रबारदेखि रेड बुल राष्ट्रिय इन्डोर टी–१० क्रिकेट, २४ टोली सहभागी

विश्वविद्यालय ऐन संशोधनका लागि शिक्षा मन्त्रालयले उपकुलपति र विज्ञसँग सुझाव लियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu