बागलुङ । पश्चिम बागलुङको जैमिनी नगरपालिकाले भोटेकोसी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
बिहीबार बसेको विपद् व्यवस्थापन नगर समितिको बैठकले बाढी प्रभावित नागरिकको उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो।
नगर उपप्रमुख हरिहर शर्माले विपद्को कठिन समयमा पीडितलाई सहयोग गर्नु सबैको मानवीय कर्तव्य भएको बताए। उनले विनाशकारी बाढीबाट भएको जनधनको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय आह्वानअनुसार सहयोगलाई निरन्तरता दिने निर्णय गरिएको जानकारी दिए।
राहत र जोखिम न्यूनीकरणमा पनि जोड
बैठकमा बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने राहत सामग्री उपलब्ध गराउने विषयमा समेत छलफल भएको थियो।
यस्तै, जैमिनी नगरपालिकाभित्रका नदी तथा जोखिमपूर्ण क्षेत्रको निरीक्षण गरी आवश्यक सुरक्षा उपाय अपनाउने निर्णयसमेत गरिएको नगरपालिकाले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्