ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिमनदी भत्किँदा विनाशकारी बाढी आएको अमेरिकी भौगर्भिक सर्वेक्षणको निष्कर्ष


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ३ : १५   बजे

काठमाडौं । नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढीको मुख्य कारण ‘हिमनदी भत्किनु’ रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ । हिमनदीको ठूलो भाग टुक्रिएर भिरालो सतहबाट तल खस्दा उक्त घटना भएको यूएसजीएसको निष्कर्ष छ ।

बुधबार भएको घटना ‘शक्तिशाली’ भएको जनाएको छ । यूएसजीएसले सुरुमा त्यसलाई ४.४ म्याग्निच्युडको भूकम्पका रूपमा दर्ता गरेको सीएनएनले जनाएको छ ।

भूकम्प नभएको पुष्टि

सुरुमा भूकम्पका कारण हिमपहिरो गएको हुनसक्ने आशंका गरिएको थियो । टोलीमा रहेका भूकम्पविद्हरूले हिमनदीको ठूलो भाग भत्किएर उपत्यकाको फेदीमा बजारिँदा उत्पन्न भएको कम्पनलाई भूकम्पीय तरंगका रूपमा रेकर्ड गरिएको निष्कर्ष निकालेका छन् ।

नजिकैका सिस्मोग्राफिक स्टेसन, दीर्घ–अवधिका भूकम्पीय तरंग तथा भूउपग्रहबाट प्राप्त तस्बिरको विस्तृत विश्लेषणपछि उक्त घटना भूकम्प नभई हिमनदी भत्किएर लेदो बगेको घटना भएको यूएसजीएसले जनाएको छ । हिमनदी भत्किँदा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुगेको यूएसजीएसले उल्लेख गरेको छ ।

विश्व वन्यजन्तु कोषका अनुसार, नेपालका हिमनदीहरू वार्षिक १५ मिटरसम्मको दरले पग्लिँदै वा खस्किँदै गएका छन् । यस्ता वातावरणीय परिवर्तनले पहाडी भू–संरचनालाई कमजोर बनाउने र अस्थिर जलाधारको अवस्था सिर्जना गर्ने भएकाले विनाशकारी बाढीको जोखिम बढ्न सक्ने बताइएको छ ।

हिमनदी भत्किने वा हिमपहिरो जाने घटनामा जलवायु परिवर्तनको भूमिका हुनसक्ने : हिमनदीविद्

बेलायतको डन्डी विश्वविद्यालयका वरिष्ठ उपप्राध्यापक तथा हिमनदीविद् साइमन कुकले उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किने घटनामा वृद्धि हुनुमा जलवायु परिवर्तन प्रमुख कारण हुनसक्ने बताएका छन् ।

बीबीसीसँग कुरा गर्दै कुकले उनका एक सहकर्मीले भूउपग्रह तस्बिरको अध्ययन गर्दा बाढी प्रभावित क्षेत्रनजिकै रहेको हिमनदीको तल्लो भाग हराएको पत्ता लगाएको बताए । उक्त अध्ययनले सो क्षेत्रमा ठूलो हिमपहिरो वा हिमनदी भत्किएको स्पष्ट संकेत गरेको उनको भनाइ छ ।

कुकले आफ्नो टोली घटनाको विशाल स्वरूप देखेर स्तब्ध भएको बताएका छन् । उनका अनुसार, पछिल्ला वर्षहरूमा हिमालय, स्विट्जरल्यान्ड तथा इटालीको डोलोमाइट्स क्षेत्रमा पनि यस्तै प्रकृतिका घटना देखिएका छन् ।

विश्वव्यापी तापक्रम वृद्धिका कारण पहाडका चट्टानलाई अड्याएर राख्ने ‘पर्माफ्रोस्ट’ अर्थात् लामो समयसम्म जमेर रहेको माटो वा चट्टान पग्लिँदै र कमजोर हुँदै गएको कुकले बताएका छन् ।

उनका अनुसार, यस्तो वातावरणीय परिवर्तनले उच्च हिमाली क्षेत्रलाई थप अस्थिर बनाउँदै लगेको छ । त्यसका कारण पहिरो, लेदोको बहाव, हिमनदी पग्लिने, हिमताल फुट्ने तथा हिमनदी भत्किने जस्ता शृंखललाबद्ध विपद्को जोखिम बढ्न सक्छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि २८८ भारतीय नागरिक सम्पर्कविहीन, ७३ जना त्रिशूली–१ परियोजनामा कार्यरत

रसुवा बाढीमा मृत्यु हुनेको संख्या २८९ पुग्यो, पूर्वी नवलपरासीमा थप ८१ शव फेला

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बाढीपीडितका लागि विदेशी दातालाई सहयोग गर्न छुट्टै भुक्तानी पोर्टल सार्वजनिक

संवेदनशील तस्बिर र भिडियो प्रसारण नगर्न सञ्चार मन्त्रालयको आग्रह

कुमारी बैंकले प्रधानमन्त्री राहत कोषमा ३ करोड सहयोग, सेनालाई एआई ड्रोनसहित उपकरण

भोटेकोसी बाढीपछि लुम्बिनी प्रदेशका ९७ जना सम्पर्कविहीन

नेपाल–भारत–चीनबीच त्रिदेशीय सहकार्य आवश्यक : रवि लामिछाने

भोटेकोसी बाढीपछि २८८ भारतीय नागरिक सम्पर्कविहीन, ७३ जना त्रिशूली–१ परियोजनामा कार्यरत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu