रूपन्देही । बाढीले बगाएर ल्याएका पाँचवटा शव पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ स्थित नारायणी नदी किनारमा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन थापाले जानकारी दिए अनुसार, शवहरू नारायणी नदी किनारका ठोक्कर नम्बर १४ र ७ मा भेटिएका हुन् ।
फेला परेका शवमध्ये चार जना महिला र एक जना बालिका रहेको प्रहरीले जनाएको छ । घटनाको स्थलमा तीनवटै सुरक्षा निकायका टोली परिचालन गरिएको छ ।
शव परीक्षण तथा पहिचान
प्रहरीले मुचुल्का तयार गरी शवहरूलाई परीक्षण तथा पहिचानका लागि पृथ्वीचन्द्र अस्पताल परासी पठाउने तयारी गरिरहेको छ ।
गण्डक बाँध क्षेत्रमा थप शव फेला पर्न सक्ने सम्भावना रहेको भन्दै प्रहरीले त्यहाँ निगरानी बढाइएको जानकारी दिएको छ ।
शव व्यवस्थापन
पृथ्वीचन्द्र अस्पतालमा एउटा मात्र शव राख्ने फ्रिजरको व्यवस्था भएकाले थप शवहरूको व्यवस्थापनका लागि रूपन्देहीस्थित अस्पतालहरूसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्