ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशीमा आएको बाढी: चीनतर्फको भूकम्पले होइन, पानीको मात्रा बढेर जोखिम


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ३ : २५   बजे

काठमाडौँ । जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र (बाढी पूर्वानुमान महाशाखा) ले हिजो भोटेकोशीमा आएको भीषण बाढी सम्बन्धी प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको छ । चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा अचानक आएको ठुलो बाढीले नेपालका रसुवा, नुवाकोट, धादिङ, चितवन र नवलपरासीसम्मको तटीय क्षेत्रमा ठूलो क्षति भएको थियो ।

नेपालकै भूभागमा आएको भूकम्प वा हिमपहिरोले गर्दा बाढी आएको चीनको दाबीलाई यो प्रतिवेदनले पुस्ट्याइँ गरिदिएको छ । प्रतिवेदन अनुसार हिजो बिहान ८:३७ बजे ४.४ रेक्टर स्केलको भूकम्प मापन गरिएको थियो । त्यसको केही समयपछि बिहान ९:१५ बजे रसुवा जिल्लास्थित भोटेकोशी नदीमा तिब्बततर्फबाट ठुलो बाढी प्रवेश गरेको सूचना प्राप्त भयो।

बाढीको बहाव र तीव्रता

बाढीको बहाव बिहान १०:२८ बजे धादिङको गाल्छी, दिउँसो १:०० बजे मुग्लिन र दिउँसो ३:२० बजे नारायणी-देवघाट क्षेत्रमा पुगेको थियो । बाढी कति शक्तिशाली थियो भन्ने कुराको पुष्टि धादिङको फुर्के (मलेखु) स्थित जलमापन केन्द्रको तथ्याङ्कले गर्छ । बिहान ११:२६ बजे सतर्कता तह पार गरेको बाढीले ११:४३ बजे खतराको तह पार गरेको थियो । त्यसको लगत्तै बाढीले मलेखुको जलमापन केन्द्र र पुलसमेत बगायो।

पूर्वसूचना र मानवीय क्षति

बाढीको जोखिम बढ्दै गएपछि महाशाखाले व्यापक पूर्वसूचना प्रवाह गरेको थियो । प्रतिवेदन अनुसार नेपाल टेलिकम र एनसेलमार्फत तटीय क्षेत्रका ६ लाख ७९ हजार २९५ जना नागरिकलाई तत्काल एसएमएस अलर्ट पठाइएको थियो । यसका साथै सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट गरिएको निरन्तरको सूचना प्रवाहले ठुलो मानवीय क्षति हुनबाट जोगाएको केन्द्रको निष्कर्ष छ।

देवघाटमा उच्चतम जलसतह

चितवनको देवघाटमा दिउँसो ४:०० बजे बाढीले उच्चतम बिन्दु (६.५७ मिटर जलसतह) छोएको थियो । त्यस समयमा नदीको बहाव ५,८५० घनमिटर प्रतिसेकेन्ड (m³/s) पुगेको थियो । देवघाटबाट मात्रै करिब ५७.४० मिलियन घनमिटर पानी प्रवाह भएको र त्यसमध्ये १९.९६ मिलियन घनमिटर पानी अतिरिक्त बाढीजन्य आयतन रहेको प्राविधिक विश्लेषणले देखाएको छ।

सतर्कता जारी

प्रतिवेदनमा उल्लेख भएअनुसार बाढीको सतह केही घटे पनि जोखिम पूर्ण रूपमा समाप्त भएको छैन । चीनतर्फ नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा नखुलेको र माथिल्लो भोटेकोशी क्षेत्रको अवस्था सामान्य भइनसकेकाले भोटेकोशी, त्रिशूली र नारायणी नदी प्रणालीमा अझै केही समय उच्च सतर्कता अपनाउन आवश्यक रहेको छ । केन्द्रले नदी किनारका बासिन्दाहरूलाई अर्को सूचना नभएसम्म सुरक्षित स्थानमा रहन र नदीको जलसतहलाई निरन्तर अनुगमन गर्न अनुरोध गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि २८८ भारतीय नागरिक सम्पर्कविहीन, ७३ जना त्रिशूली–१ परियोजनामा कार्यरत

रसुवा बाढीमा मृत्यु हुनेको संख्या २८९ पुग्यो, पूर्वी नवलपरासीमा थप ८१ शव फेला

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बाढीपीडितका लागि विदेशी दातालाई सहयोग गर्न छुट्टै भुक्तानी पोर्टल सार्वजनिक

संवेदनशील तस्बिर र भिडियो प्रसारण नगर्न सञ्चार मन्त्रालयको आग्रह

कुमारी बैंकले प्रधानमन्त्री राहत कोषमा ३ करोड सहयोग, सेनालाई एआई ड्रोनसहित उपकरण

भोटेकोसी बाढीपछि लुम्बिनी प्रदेशका ९७ जना सम्पर्कविहीन

नेपाल–भारत–चीनबीच त्रिदेशीय सहकार्य आवश्यक : रवि लामिछाने

भोटेकोसी बाढीपछि २८८ भारतीय नागरिक सम्पर्कविहीन, ७३ जना त्रिशूली–१ परियोजनामा कार्यरत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu