रसुवा । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि गोरखा ब्रुअरीले १० करोड रुपैयाँ सहयोग गरेको छ।
गोरखा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी, वित्त निर्देशक अमर वैद्य र बजार निर्देशक काजीमान सुब्बाले बिहीबार भदौ ११ गते अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरी उक्त रकम हस्तान्तरण गर्नुभएको हो। सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
अर्थ मन्त्रालयको सचिवालयका अनुसार बाढी प्रभावित क्षेत्रमा राहत वितरण, उद्धार तथा पुनःस्थापनाका लागि प्राप्त हुन थालेको सहयोग रकम एकद्वार प्रणालीमार्फत अर्थमन्त्री डा. वाग्लेले औपचारिक रूपमा स्वीकार गर्नुभएको हो।
राहत तथा पुनःस्थापनाका लागि सहयोग
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्