काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीबाट प्रभावित नागरिकको उद्धार, खोजी तथा राहतका लागि आफ्नो एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उपलब्ध गराउने भएका छन्।
Originally published on abcnews.com.np.
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीबाट प्रभावित नागरिकको उद्धार, खोजी तथा राहतका लागि आफ्नो एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उपलब्ध गराउने भएका छन्।
राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि पीडितको सहयोगार्थ राष्ट्रपतिले आफ्नो एक महिनाको पारिश्रमिक कोषमा प्रदान गर्नुभएको हो।
विज्ञप्तिमा बाढीपीडित नागरिकको उद्धार, बेपत्ताको खोजी तथा राहत कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको उल्लेख छ।
राष्ट्रपति पौडेलको यो सहयोगले बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत कार्य सञ्चालन गर्न केही सहयोग पुग्ने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्