काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीपछि प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका तीन जना कर्मचारी सम्पर्कविहीन भएका छन्।
Originally published on abcnews.com.np.
काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीपछि प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका तीन जना कर्मचारी सम्पर्कविहीन भएका छन्।
केन्द्रका अनुसार बाढीपछि प्राविधिक सहायक जागेश्वर शर्मा, खरिदार आयुष खड्का र कार्यालय सहयोगी शिवप्रसाद ढकाल सम्पर्कविहीन भएका हुन्।
शर्मा अछामको साँफेबगर, खड्का सल्यान र ढकाल रसुवा जिल्लाका स्थानीय रहेको केन्द्रले जनाएको छ। उनीहरूको अवस्था हालसम्म अज्ञात रहेको छ।
केन्द्रले बेपत्ता कर्मचारीबारे कुनै जानकारी प्राप्त भएमा तत्काल सम्बन्धित निकायलाई उपलब्ध गराउन आग्रह गरेको छ।
बाढीपछि तीन कर्मचारी सम्पर्कविहीन भएको पुष्टि गर्दै कृषि, वन तथा वातावरण मन्त्रालयले उनीहरूको खोजीका लागि सम्बन्धित स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय भइरहेको जनाएको छ।
भोटेकोशी क्षेत्रमा बाढीको जोखिम कायमै रहेकाले उद्धार तथा खोजी कार्य सावधानीपूर्वक जारी रहेको केन्द्रले जनाएको छ।
बाढीका कारण भोटेकोशी आसपासका बस्ती, कृषि क्षेत्र तथा भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। बाढीमा परी धेरै नागरिकसमेत बेपत्ता रहेकाले सुरक्षा निकायले खोजी तथा उद्धार कार्य जारी राखेको छ।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्