काठमाडौं । नयाँ पत्रिकामा कार्यरत पत्रकार टेकराज थामी केरुङबाट फर्किने क्रममा सम्पर्कविहीन भएका छन्। नेपाल पत्रकार महासंघका अनुसार उनी बुधबार बिहानदेखि सम्पर्कविहीन छन्।
Originally published on abcnews.com.np.
काठमाडौं । नयाँ पत्रिकामा कार्यरत पत्रकार टेकराज थामी केरुङबाट फर्किने क्रममा सम्पर्कविहीन भएका छन्। नेपाल पत्रकार महासंघका अनुसार उनी बुधबार बिहानदेखि सम्पर्कविहीन छन्।
महासंघका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका थामीले गत सोमबार कार्यालयबाट चार दिनको बिदा लिएर केरुङ हुँदै तिब्बततर्फ यात्रा गरेका थिए। उनी केरुङबाट फर्किने क्रममा सम्पर्कविहीन भएको महासंघले जनाएको छ।
यसैगरी, रातोपाटीमा कार्यरत पत्रकार निराजन पौडेलका परिवारका पाँच सदस्यसमेत सम्पर्कविहीन भएका छन्।
नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिअनुसार नुवाकोटको विदुर नगरपालिका–७ मा रहेका पौडेलका बुबा, आमा, काका, काकी र बहिनी सम्पर्कविहीन भएका हुन्।
महासंघले पत्रकार थामीसहित पौडेलका परिवारका सदस्यहरूको तत्काल खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग आग्रह गरेको छ।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्